Logo कार्तिक १४, २०७७ शुक्रबार


सप्तरीमा हट्यो निषेधाज्ञा

विद्यानन्द राम
राजविराज । सप्तरीमा आजबाट निषेधाज्ञा अन्त्य भएको छ । जिल्ला सुरक्षा समितिको सोमबार साँझ बसेको बैठकले आम जनजीविकामा परिरहेको असरलाई मध्यनजर गरी निषेधाज्ञा हटाउने निर्णय भएको हो ।

निषेधाज्ञा अन्त्य गरिएपनि अत्यावश्यक सेवा मात्र स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्दकुमार ठाकुरले जानकारी दिनुभएको छ । उहाँका अनुसार सार्वजनिक सवारी साधन सञ्चालनमा रोकिएको छ भने निजी सवारी साधन पनि जिल्लाभर मात्र सञ्चालन गर्न पाउने निर्णय भएको छ ।

यसैगरी अत्यावश्यक पसल स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न पाउने, होटेल र रेष्टुरेन्टले टेक अवे विधि प्रयोग गरी सञ्चालन गर्ने निर्णय भएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालयले नागरिकता र प्रतिलिपीबाहेकका सबै कार्यहरु पनि आजैबाट सुचारु गरेको छ । सप्तरीमा हालसम्म एक हजार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ७ सय ३६ जना डिस्चार्ज भएका छन भने संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।