Logo मंसिर ११, २०७७ बिहीबार


फ्रान्समा कोरोना सतर्कता बढाइयो, सार्वजनिक गतिविधिमा कडाई

पेरिस । कोरोनाभाइरस महामारीको संक्रमण फ्रान्समा फेरि बढ्न थालेसँगै फ्रान्स सरकारले देशका प्रमुख दुई शहरमा सार्वजनिक कृयाकलापमा कडाई गर्ने घोषणा गरेको छ । राष्ट्रव्यापी लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन पनि फ्रान्स सरकारले सतर्कता बढाएको हो ।

सोमबार घोषणा गरिएका नयाँ प्रतिबन्धहरु मार्से र बोर्डो शहरमा लागू हुँदैछन् । यी दुई शहरमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या एकाएक बढेको छ । क्षेत्रीय स्वास्थ्य सेवामा पनि संक्रमितका कारण दबाब बढेको छ ।

बोर्डो शहरमा एकजना वरिष्ट सरकारी अधिकारीले १० जनाभन्दा बढी व्यक्ति सार्वजनिक पार्कमा भेला हुन निषेध गरेका छन् भने नदी र बिचमा पनि पनि मानिसलाई आवतजावत हुन रोक लगाइएको छ । साथै मनोरञ्जनात्मक कृयाकलापहरु र छिमेकीहरुबीच भेला समारोह गर्न बन्देज गरिएको छ । केन्द्र सरकारले ५००० सम्म मानिस भेला हुन पाउने छुट दिए पनि बोर्डो शहरमा यस्तो भेला १००० मा सीमित गरिएको छ । यो सीमा रंगशाला र कन्सर्ट तथा प्रदर्शनका सन्दर्भमा लागू हुनेछ ।

फ्रान्सकै दोस्रो ठूलो शहर मार्सेमा पनि बोर्डोझैं प्रतिबन्धहरु अघि सारिएका छन् । फ्रान्सको स्वास्थ्य विभागले शनिबार मात्र २४ घण्टाको अवधिमा देशभर १० हजार नयाँ कोरोना संक्रमित फेला परेको जनाएको छ । एपी

प्रतिक्रिया दिनुहोस्
विशेष

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।