Logo आश्विन १५, २०७७ बिहीबार


अबको दुई महिनाभित्र कोरोनाको चिनियाँ खोप आउने

काठमाडौं । चीनले अबको दुई महिनाभित्र कोरोनाभाइरसविरुद्धको खोप सर्वसाधारणका लागि तयार हुने जनाएको छ ।

अहिले विकास भइरहेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोप आगामी नोभेम्बर महिनासम्म सर्वसाधारणका लागि तयार हुन सक्ने चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको हो ।

चीनका चारवटा कम्पनीले तयार पारेको कोभिड–१९ का खोप क्लिनिकल परीक्षणको अन्तिम चरणमा रहेका छन् ।

तेस्रो चरणको क्लिनिकल परीक्षण सहजरुपमा अघि बढिरहेको र सर्वसाधारणका लागि नोभेम्बर वा डिसेम्बर महिनामा तयार हुने सीडीसीका बायोसेफ्टी विज्ञ गुईझेन वूले सञ्चारमाध्यमहरुलाई बताएकी छिन् । उनले गत अप्रिलमा आफूले पनि खोप लिएको र हालसम्म कुनै असामान्य लक्षण नदेखिएको बताइन् ।

हाल चाइना नेसनल फार्मास्युटिकल ग्रुप (सीनोफार्म), सिनोभ्याक बायोटेकले तीनवटा खोप तयार गरिरहेको छ भने क्यानसाइनो बायोलोजिक्सको चौथो खोपलाई चिनियाँ सेनालाई प्रयोग गर्नका लागि अनुमति दिइएको थियो ।

सिनोफार्मले गत जुलाईमा आफ्नो खोप सर्वसाधारणको प्रयोगका लागि यो वर्षको अन्त्यसम्मका तयार हुने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।