Logo आश्विन २, २०७७ शुक्रबार


नेपालमा थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ५१, प्रदेश नं.२ मा २६ र बैतडीमा ८ जनामा संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ७ जिल्लाका ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा नवलपरासी पूर्वका २०, स्यांजाका १३, तनहुँका ९, कास्कीका ५, गोरखाका २, लमजुङ र मनाङका १÷१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै प्रदेश २ स्थित वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालको प्रयोगशालामा २ सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा २६ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो । संक्रमितहरुमा रौतहटका २३ र बाराका ३ जना रहेमा छन । उता बैतडीमा आज ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भदौ १९ गतेपछि संक्रमण नदेखिएको बैतडीमा आज एकैदिन ८ जनामा संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा दशरथचन्द नगरपालिकाका ६ जना र डिलाशैनी गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।

गुल्मीमै पीसीआर परीक्षण शुरु भएपछि ४ देखि १७ दिनसम्म पीसीआर रिपोर्टको प्रतिक्षामा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।