Logo आश्विन २, २०७७ शुक्रबार


प्रधानमन्त्रीको अफर थियो, मैले मानिनँ : माधवकुमार नेपाल (पूरा भिडियो सहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई नेकपाकै सचिवालयका नेताहरुले प्रधानमन्त्रीको अफर गरेको बताउनुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम ’द भ्यू विचार मन्थन’मा अशेष घिमिरेसँग कुरा गर्दै नेपालले सचिवालय सदस्यको प्रस्ताव आफूले नमानेको बताउनुभयो । आफ्नो लडाइँ कुनै पदप्राप्तिको लागि नभएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले जनताको दैनिक जीवनमा नेकपा सरकारको र पार्टीको प्रभावकारिता कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

‘जनता क्रन्दनमा छ्न्, पिडामा छ्न्, गर्नुपर्ने काममा ध्यान दिन सकिएको छैन तर ती कुरा पार्टीले छलफल गर्नुपर्नेमा छलफल नै नगर्ने, बैठक नै नबस्ने र एजेन्डामा ध्यान नै नदिंदा नेकपामा संकट बढेको हो’, उहाँले बताउनुभयो । तत्कालका लागि एक व्यक्ति एक प्रमुख जिम्मेवारी अन्तरगत केपी शर्मा ओली सरकारको जिम्मेवारी र पुष्पकमल दहाल प्रचण्ड कार्यकारी अध्यक्षको जिम्मेवारी प्राप्त भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अब कसरी छलफल अगाडि बढ्छ त्यसका आधारमा आफ्ना योजना अगाडि आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘डे टु डे को काम सरकार र प्रधानमन्त्रीको हो तर महत्वपूर्ण नियुक्ति पार्टीको मामला हो । प्रधानमन्त्री अल इन अल होइन , पार्टीले सरकार चलाउने परिपाटी अब बस्नुपर्दछ ।’ सामान्य भ्रष्टाचारमा मुछिएकालाई थुनेर आत्माहत्यासम्म हुने परिस्थिति सृजना हुँदा ठूला अरबौं भ्रस्टाचार गर्नेहरुप्रति सरकार चुप लागेको उहाँले आरोप लगाउनुभयो ।

कोभिड नियन्त्रणका मामलामा सामान्य बुद्धिसमेत सरकारले नलगाएर जनताका माझमा कम्युनिस्ट सरकारको लोकप्रियता घटेको उहाँले बताउनुभयो । तपाईं पनि टेस्टेड हो नि भन्ने सन्दर्भमा आफू टेस्टेड भएको र हरेक टेस्टमा पास भएको उहाँले जिकिर गर्नुभयो ।

जनतासँग जोडिएका बिषयमा चुपचाप बस्ने, बदनाम अनुहारलाई नियुक्ति गर्ने र अध्यक्षले मात्र मनोमानी गर्दा पार्टी सर्वनाश हुनसक्ने उहाँले चेतावनी दिनुभयो ।

नयाँ पुस्ता पार्टीको नेतृत्व आउन अनिवार्य रहे पनि ‘अहिले को तयार छ ?’ उहाँको प्रश्न थियो । ओलीसँग भन्दा प्रचण्डसँग आफ्नो बढी सम्वाद भएको पनि उहाँले बताउनुभयो । पार्टी एकता भैसकेपछि पूर्व एमाले, पूर्व माओवादी भन्नु ठिक नहुने उहाँको भनाइ थियो ।

नेपालको अतिक्रमित भूमीको नक्सा प्रधानमन्त्री केपि शर्मा ओलीको अग्रसरतामा सरकारले निकालेको कारण विवाद भएको त हैन ? भन्ने प्रसँगमा उहाँको भनाइ थियो ‘कसैले अघिल्लो पटक प्रधानमन्त्री हुँदा किन ननिकालेको भन्दा के जवाफ दिने ?’ । यस्तो कुराको अर्थ नभएको तर जनताका मुद्दामा सरकारलाई पोल्नुपर्ने वरिष्ठ नेता नेपालले बताउनुभयो ।

हेर्नुहोस् वरिष्ठ नेता नेपालसँगको पूरा कुराकानी :

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

केहीबेरमै जनकपुरधाम आइपुग्ने रेल भारतीय प्रतिनिधिद्वारा नेपाली पक्षलाई हस्तान्तरण गरिने कार्यक्रम रहेकाे बताइएको छ ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।