Logo आश्विन २, २०७७ शुक्रबार


कुलमान घिसिङको विदाइ भाषण, ‘प्राधिकरणमा म नै दोहोरिनुपर्छ भन्ने छैन’

काठमाडौं । हिजो विद्युत प्राधिकरणमा को आयो को गयो कसैलाई थाहा हुँदैन थियो । अहिले कार्यकारी निर्देशकको पोष्टको चर्चा हुन थालेको छ । यसलाई प्राधिकरणको इज्जत बढेको हामीले ठान्नु पर्छ । यो विषय हाम्रो लागि राम्रो हो । अर्को कुरा कार्यकारी निर्देशक आउने जाने हुन्छ । एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्नेमा म छैन । विकल्परहित केही हुँदैन । तर मेरो कार्यकालमा प्राधिकरणमा हिजोको भन्दा बढी काम भएकै हो । यसलाई सबैले स्वीकार गर्नुपर्छ । मेरो चार वर्षे कार्यकालमा कर्मचारीलाई सुविधा बढाउनेदेखि अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने अभियानमा समेत हामीले सफलता हासिल गरेका छौं ।

प्राधिकरणमा म नरहे पनि भित्रै नेतृत्व गर्न योग्य व्यक्तिहरु हुनुहुन्छ । त्यसमा लिडरसीपले मोटिभेसन गर्नुपर्छ । प्राधिकरणमा हिजोको भन्दा हामीले केही राम्रो गरेका छौँ । त्यसको इन्टेन्सिप पाएका पनि छौँ । कर्मचारीको वृत्तमा पनि केही सुविधा भएका छन् । अगामी दिन प्राधिकरणको लक्ष्य एकदम सुन्दर छ ।

म कार्यकारी नियुक्त भएर आउँदा देशमा वर्षातको समयमा ६ देखि ८ र अन्य समय १४ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । लोडसेडिङका कारण मुलुक कहालिलाग्दो अन्धकारले आक्रान्त थियो । प्राधिकरण घाटामा थियो भने ६३ प्रतिशत जनता मात्र विद्युतको पहुँचमा थिए ।

मलाई सरकारले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्दा अध्यारो युगलाई उज्यालो बनाउने जिम्मेवारी दिएको थियो ।

मलाई सम्झना छ २०७३ साल तिहारको लक्ष्मीपूजाका दिन कुशल व्यवस्थापन विद्युत हामीले निरन्तर दिन सकियो । यो सफलताले हामी लोडसेडिङ अन्त्य गर्न सक्छौँ भन्ने आत्मविश्वास बढ्यो । त्यही आत्मविश्वासले आज सिंगो नेपाललाई लोडसेडिङमुक्त बनाउन सम्भव भयो ।

(नेपाल विद्युत प्राधिकरणको कर्मचारीका तर्फबाट मंगलवार आयोजित विदाइ कार्यक्रममा कुलमान घिसिङको विदाइ सम्बोधनको सम्पादित अंश )

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

केहीबेरमै जनकपुरधाम आइपुग्ने रेल भारतीय प्रतिनिधिद्वारा नेपाली पक्षलाई हस्तान्तरण गरिने कार्यक्रम रहेकाे बताइएको छ ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।