Logo आश्विन १५, २०७७ बिहीबार


प्रेमीसँग मिलेर श्रीमानको हत्या : १४ महिनापछि भेटियो मानव कंकाल

फाइल तस्बिर

खगेन्द्र पराजुली
नवलपुर । गैडाकोट नगरपालिकामा प्रेमीसँगको मिलेमतोमा हत्या भएको १४ महिनापछि मानव कंकाल फेला परेको छ । गैंडाकोट–१८ का ४० वर्षीय धनबहादुर सुगरपार्कको कंकाल प्रहरीले उत्खनन् गरेर निकालेको हो ।

३८ वर्षीया श्रीमती फुलमाया सुगरपार्कले गैडाकोटकै मेखबहादुर सुनारीसँगको मिलेमतोमा श्रीमानको हत्या गरी शव लुकाएको प्रहरीको प्रारम्भिक अनुसान्धानका क्रममा खुलेको छ । लामो समयसम्म धनबहादुर सम्पर्कबिहिन थिए । धनमायाका गतिविधि पनि शंकास्पद देखिएपछि प्रहरीले आइतबार राति उनलाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा र धनमायाको बयानका आधारमा उनका प्रेमी मेखबहादुर सुनारीलाई समेत पक्राउ गरी शव लुकाइएको स्थानमा खोजतलास भएको हो । घरदेखि करिब १ किलोमिटर टाढा गैंडाकोट–१४ को सुन्दरी सामुदायिक वन क्षेत्रबाट सोमबार राति कंकाल निकालिएको जिल्ल प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।