Logo आश्विन १५, २०७७ बिहीबार


मन्त्रिपरिषद निर्णय : असोजभर अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द राख्ने निर्णय गरेको छ ।

सोमवारको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले कोभिड १९ जोखिमलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय सीमा नाका बन्द नै राख्ने निर्णय गरेको जानकारी दिनुभयो । अब असोज मसान्तसम्म नेपाल प्रवेश गर्ने सबै नाका र खुला सीमाबाट हुने सबै प्रकारको गतिविधि बन्द रहने छन् । तर, समस्यामा परेका नागरिकलाई भने निश्चित विन्दुबाट प्रवेशका लागि खुला हुनेछन् ।

सरकारले इलामको पशुपतिनगर र दार्चुलाको खलंगा नाका पनि खुला गर्ने निर्णय गरेको छ । यस्तै, चीनतर्फ रसुवाको नाका खुला गरिएको छ । यस्तै सरकारले आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

प्रवक्ता ज्ञवालीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नु पर्ने र मास्क, स्यानिटाइटर अनिवार्य गरिएको बताउनुभयो ।

यस्तै सरकारले असोज १ गतेबाट लामो दुरीको सवारी सञ्चालनमा अनुमति दिएको छ ।

लामो दुरीमा सवारी साधन सञ्चालन हुँदा एक पंक्तिमा रहेको सिटमा एक जना मात्रै यात्रु राख्न पाइनेछ भने व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् । सिट क्षमताको ५० प्रतिशतमात्रै सिटमा यात्रु राख्न पाइनेछ ।

त्यसैगरी असोज १ गतेदेखि आन्तरिक उडान पनि सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।