Logo मंसिर १०, २०७७ बुधबार


सिन्धुपाल्चोक केन्द्र बनाएर ६ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । बुधबार बिहानै सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायतमा महसुस गरिएको छ । विहान ५ : १९ मा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकवियज अधिकारीले जानकारी दिएका छन् ।

भूकम्पको धक्का काठमाडौंका साथै आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । त्रासले यतिबेला धेरैजसो मानिसहरु घर बाहिर बसेका छन् । भूकम्पको धक्का मकवानपुर, चितवन, स्याङ्जालगायत देशका अरू भागमा पनि महशुस गरिएको थियो। थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…