Logo ८ असार २०७८, मंगलवार


निर्वाचन पद्धति सुधार्न उच्चस्तरीय आयोगको खाँचो : पूर्व सभामुख ढुंगाना

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाले नेपालको विद्यमान निर्वाचन पद्धति भ्रष्टाचारको मुहान बनिरहेकोले यसको सुधारका लागि एक उच्च स्तरीय आयोगको खाँचो रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस १५ सेप्टेम्बरका अवसरमा मंगलबार आयोजित लोकतन्त्र संवादको ३४ औँ श्रृङ्खलामा ढुंगानाले लोकतान्त्रिक शासन व्यवस्था स्थिर बनाउन निर्वाचन पद्धति सुधार जरुरी रहेको औंल्याउनुभयो ।

‘विसं २००७ र २०४६ मा प्राप्त भई अवरुद्ध लोकतान्त्रिक व्यवस्थालाई दोहोरिन दिनुहुँदैन, आउने जाने भएको क्रम दोहोरिन नदिन नेताहरुको दायित्व महत्वपूर्ण हुन्छ, प्रजातान्त्रिक शक्ति विकल्प हुन सकेनन् भने फेरि अर्को आन्दोलन गर्नुपर्छ’, ढुंगानाले भन्नुभयो ।

राज्य दोहन बढेको र ठेक्कापट्टामा पनि पैसा अघि सारेर जिम्मेवारी पूरा नगर्ने क्रम बढ्नेजस्ता गतिविधि लोकतन्त्रका लागि चुनौती बनिरहेकोले यसलाई रोक्न समर्थ प्रतिपक्ष अहिलेको आवश्यकता भएको पूर्वसभामुख ढुंगानाको भनाइ छ ।

पूर्व सभामुख दमननाथ ढुंगानाले सत्य निरुपण र मेलमिलाप आयोगका काम पूरा नभई शान्ति प्रक्रिया अलपत्र छोडिनु पनि लोकतन्त्रप्रति चुनौती बनेको धारणा राख्नुभएको छ । फेरि हिंसा हुनसक्ने सबै प्वाल बन्द गर्न सत्ता र प्रमुख प्रतिपक्षीलगायत दल सजग हुनुपर्नेमा पूर्व सभामुख ढुंगानाको जोड छ ।

‘परिवर्तन जनतासम्म पुगेको छैन, यसमा हामीले जनतालाई जोड्न नसके फेरि विष्फोट हुन्छ, अझै दोहोरिने खतरा टरिसकेको छैन, दलमा परिवर्तनलाई जोगाउने ऐक्यबद्धता देखिएको छैन, यससँग जोडिएका बाह्य पक्षलाई पनि व्यवस्थापन गरिनुपर्छ’, उहाँले भन्नुभयो ।

जुम प्रविधिबाट भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले सन् १९९७ सेप्टेम्बर १५ मा शुरु भएको अन्तरव्यवस्थापिका परिषद्का १ सय ५३ जना सभामुखको भेलाले घोषणापत्र जारी गरी अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस मनाउन आह्वान गरेको स्मरण गर्नुभयो ।

विश्लेषक विनोदकुमार भट्टराईले डा. गोविन्द केसीलाई एक गाउँबाट अर्को गाउँमा गएर सेवा गर्न रोक लगाउने प्रवृत्ति हेर्दा अहिलेको प्रणालीले लोकतन्त्रमाथि चुनौती बढेको देखिएको बताउनुभयो ।

त्यस्तै विश्लेषक विनोद सिजापतिले लोकतन्त्रको हिमायती भनिने नेपाली कांग्रेसले आफ्नो आन्तरिक निर्वाचन पद्धतिमा सुधार गर्न नसक्दा दलमै समस्या देखिएको बताउनुभयो । विकृत बन्दै गएको राष्ट्रिय निर्वाचन पद्धतिलाई सुधार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता नारायणप्रसाद घिमिरे,नेपाल पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झा, पूर्व सांसद विन्दादेवी आले र संघीयताका अध्येता डा. रुद्र शर्मा लगायतले आ – आफ्नाे धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…