Logo आश्विन २, २०७७ शुक्रबार


मध्यपूर्वमा नयाँ सुरुवात भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व’ मा नयाँ सुरुवात भएको दाबी गरेका छन् ।

इजरायले युएई तथा बहराइनसँग गरेको सम्झौतापछि ‘नयाँ मध्यपूर्व’ को सुरुवात भएको ट्रम्पको दाबी छ ।

दुई खाडी देशले इजरायलसँगको सम्बन्ध पूर्ण रुपमा सामान्य बनाउने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरपछि तीनै देशले सम्झौतालाई ऐतिहासिक भनेका छन् । ट्रम्पले पनि सम्झौतालाई ऐतिहासिक उपलब्धी भनेका छन् ।

ट्रम्प प्रशासनका लागि खाडी मुलुक र इजरायलबिच यो सम्झौता कूटनीतिक सफलताका रुपमा लिइएको छ ।

सन् १९४८ मा इजरायल स्थापना भएपछि त्यसलाई मान्यता प्रदान गर्ने युएई र बहराइन तेस्रो र चौथो खाडी देश हुन् ।

ट्रम्पले अरु देशलाई पनि सम्झौताको मार्गमा आउन सुझाव दिएका छन् । तर प्यालेस्टाइनले भने आफूहरुको युद्ध समाधान नभएसम्म इजरायसँगको सम्झौताको पक्षमा नरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।

गुल्मीमै पीसीआर परीक्षण शुरु भएपछि ४ देखि १७ दिनसम्म पीसीआर रिपोर्टको प्रतिक्षामा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।