Logo आश्विन २, २०७७ शुक्रबार


यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तानलाई अध्ययन छात्रवृत्ति

काठमाडौं । नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूले प्रमाणपत्र तह अध्ययनका लागि छात्रवृत्ति पाएका छन् । मनास्लु वर्ल्ड कलेजले अध्ययनका लागि लिम्बूलाई छात्रवृत्ति प्रदान गरेको हो ।राजधानीको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन लिम्बूलाई संकायमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।

कलेजका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान, प्रिन्सिपल राजन श्रेष्ठ र कप्तान लिम्बूबीच छात्रवृत्ति सम्बन्धी एक सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको हो । यसै शैक्षिक सत्रदेखि शुरु भएको मनास्लु कलेजमा हाल व्यवस्थापनका साथै विज्ञान, मानविकी र कानून संकायको पठनपाठन हुने प्रिन्सिपल श्रेष्ठले जानकारी दिनुभयो ।

कलेजका अध्यक्ष लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले विभिन्न क्षेत्रमा अवसर प्राप्त गर्न सक्छन् भन्ने सन्देश दिन लागि छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । लामाले भविष्यमा अन्य खेलाडीलाई पनि छात्रवृति उपलब्ध गराउने बताउनुभयो ।

मनास्लु कलेजले यु–१६ फुटबल टोलीका सबै खेलाडीलाई पूर्ण छात्रवृत्ति दिन तयार रहेको जनाएको छ । कप्तान लिम्बूले २०७६ सालको एसइई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गरेका हुन । झापाको शरणामतीका स्थायी बासिन्दा लिम्बूले विभिन्न उमेर समूहबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।