Logo आश्विन १५, २०७७ बिहीबार


गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो

हुमाकान्त पोखरेल
गुल्मी । जिल्लामा पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७४/७५, ०७५/७६ र ०७६/७७ मा जिल्लामा कुल २ हजार ४ सय ४३ जनाले सुरक्षित गर्भपतन गराएको एक अध्ययनले देखाएको छ । जसमध्ये १ सय ९६ जना २० वर्षभन्दा कम उमेरका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष ०७४/७५ मा जिल्लामा कुल ६ सय ६७ जनाले सुरक्षित गर्भपतन गराएका मध्ये १८ जना २० वर्षभन्दा कम उमेरका भएको खुलेको छ । आर्थिक वर्ष ०७५/७६ मा जिल्लामा कुल ८ सय १५ जनाले गर्भपतन गराएकोमा ७८ जना २० वर्षभन्दा कम उमेरका छन् । त्यस्तै आर्थिक वर्ष ०७६/७७ मा कुल ९ सय ५१ जनाले गर्भपतन गराएका छन् । जसमध्ये २०वर्षभन्दा कम उमेरका १ सय जना छन् ।

स्वास्थ्य कार्यालयका फोकल प्रसन गोपाल कार्कीका अनुसार चालु आर्थिक वर्षको साउनमा मात्रै जिल्लामा ३० जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । जिल्लामा २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । जसमध्ये सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकाका महिलाले गर्भपतन गराएका छन् । ३ आर्थिक वर्षमा नगरपालिकाका १ हजार २ सय ६७ जनाले गर्भपतन गराएका छन् । जसमध्ये १ सय २४ जना २० वर्षभन्दा कम उमेरका रहेको कार्कीले जानकारी दिनुभयो । तर ३ आर्थिक वर्ष बित्दा पनि इस्मा गाउँपालिकाका महिलाले भने गर्भपतन गराएका छैनन् ।

तम्घास अस्पताल, गुल्मीका मेडिकल जेनेरलिस्ट डा. सुष्मा थपलियाले सुरक्षित गर्भपतन पनि शारीरिक हिसाबले हानिकारक भएको बताउनुभयो । गर्भपतन गराउँदा रगत धेरै जान सक्ने, सफा गर्दा पाठेघरमा गम्भीर पर्न सक्ने र आन्द्रामा चोट लाग्ने लगायतका समस्या देखिने उहाँले बताउनुभयो । एकपटक गर्भपतन गराइसकेपछि लामो समयसम्म बच्चा नरहने सम्भावना पनि भएकोले सकेसम्म गर्भपतन नगराउन पनि थपलियाको सुझाव छ । गर्भपतन गराउनुको सट्टा सुरक्षित परिवार नियोजनका साधन प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।