Logo आश्विन २, २०७७ शुक्रबार


कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना, आइसीयूमा उपचार गरिँदै

काठमाडौं । केही दिन अघि कोभिड -१९ संक्रमण पुष्टि भएका नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई गएराति नै अस्पताल भर्ना गरिएको हो ।

उहाँलाई अहिले राजधानीस्थित ओम अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको छ। आइसीयूमा राखिएको भए पनि अक्सिजन लगाउनुपर्ने अवस्था भने नरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

ओम अस्पतालका मिडिया कोअर्डिनेटर विनोद अधिकारीका अनुसार कोइरालालाई गएराति सवा ८ बजे अस्पताल भर्ना गरिएको हो। कोइरालालाई कोभिड विशेष निगरानी कक्षमा राखेर उपचार थालिएको अधिकारीले बताउनुभयो ।

गएको भदौ २३ गते उहाँमा कोभिड -१९ को संक्रमण पुष्टि भएको थियो । त्यसयता उहाँ होम आइसोलेसनमा  बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।