Logo आश्विन १५, २०७७ बिहीबार


विद्यालयको कम्प्युटर र प्रोजेक्टर चोरी गर्ने ३ किशोर पक्राउ

खगेन्द्र पराजुली
नवलपुर । विद्यालयको कम्प्युटर र प्रोजेक्टर चोरी गर्ने तीन जना किशोर पक्राउ परेका छन् । नवलपुरको गैंडाकोटको महेन्द्र स्मारक आधारभुत विद्यालयबाट कम्युटर र प्रोजेक्टर चोरी गरेका गैंडाकोटकै तीन जना किशोरहरु पक्राउ परेका हुन् ।

चोरी भएको सामानसहित पक्राउ परेका तीनै जनालाई चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत नवलपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा गैंडाकोट नगरपालिका वडा नं.२ का १९ वर्षका एलिस तामाङ, १८ वर्षका सन्दिप नेपाली र सुजन नेपाली छन् ।

उनीहरुले चोरी गरेका सामान तीन थान कम्प्युटरको सिपीयु, तीन थान एलसीडी र एक थान प्रोजेक्टर गैंडाकोट २ शिलान्यास चोकमा डेरा गरी बस्ने एलिस तामाङको कोठाबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।