Logo आश्विन १५, २०७७ बिहीबार


दुई करोड १५ लाख संक्रमित कोरोनामुक्त

काठमाडौं । विश्वमा हालसम्म दुई करोड १५ लाख कोरोना भाइरसका बिरामी निको भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबारसम्ममा दुई करोड १५ लाख ४२ हजार चार सय ७७ कोरोना संक्रमित निको भएका हुन् ।

विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३९ हजार एक सय ८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
संगठनका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार तीन सय ८९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । हाल विश्वमा ७२ लाख ४५ हजार ७२६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको संगठनले जानकारी दिएको छ । सङ्क्रमितमध्ये ६० हजार ९ सय १५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६७ लाख ७८ हजार एक सय ४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४० लाख ६८ हजार ८६ जना कोरोना भाइरसमुक्त भएका छन् भने दुई लाख एक सय ९७ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ५० लाख २० हजार तीन सय ५९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३९ लाख ४२ हजार तीन सय ६० कोरोना भाइरसमुक्त भएका छन् भने ८२ हजार ९१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।