Logo आश्विन २, २०७७ शुक्रबार


काठमाडौं आइपुग्यो बहराइनका राजकुमार सहितको हिमाल आरोहण टोली

काठमाडौं । हिमाल आरोहणका लागि बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोली काठमाडौं आइपुगेका छन् ।

उनीहरु चढेको विशेष विमान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । उक्त टोली गए राति साढे १२ बजे शेख ईशा एयरबेसबाट विशेष विमानबाट नेपाल प्रस्थान गरेको थियो ।

टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने टोलीको तयारी छ ।

सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उदेश्यका साथ टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्न लागेका हुन् ।

उक्त टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा भदौ १४ गते नेपाल सरकारले निर्णय गरेको थियो ।

पर्वतारोहणमा सहभागीहुने सदस्यहरू तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्वः क्वारेन्टिनमा रहेका थिए । कोभिड–१९ संक्रमण भए नभएको सम्बन्धमा परीक्षण पश्चात सबैजना कोरोना संक्रमण नेगेटिभ रहेका छन् ।

उक्त टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण पालना गर्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।