Logo आश्विन २, २०७७ शुक्रबार


जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

काठमाडौं। जापानको नयाँ प्रधानमन्त्री पदमामा योशिहिदे सुगा निर्वाचित भएका छन् । तल्लो सदन डाइटमा भएको मतदानबाट त्यहाँको ९९औं प्रधानमन्त्रीको रुपमा सुगा निर्वाचित भएको जापानी संचार माध्याम एनएचकेले जनाएको छ ।

तल्लो सदनको ४ सय ६५ मतमध्ये ३ सय १४ मत प्राप्त गर्दै सुगा निर्वाचित भएका हुन । हाल जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नेतृत्वको गठबन्धन सरकार अहिले सत्तामा छ । एलडीपीको संसदमा २ सय ८४ सिट छ भने सत्ता साझेदार कोमेइटो पार्टीसँग २९ सिट छ ।

प्रधानमन्त्रीमा नियुक्त भएसँगै सुगा अब संसदको बाँकी कार्यकाल २ वर्षका लागि त्यहाँको प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने भएका छन् ।

को हुन् सुगा ?

प्रधानमन्त्री सिन्जो आबेको पहिलो कार्यकालमा विस्वासिलो सल्लाहकारको रूपमा भूमिका निर्वाह गरेका ७१ वर्षीय योशिहिदे सुगा प्रधानमन्त्रीका स्वाभाविक दाबेदार मानिन्थे । सन् २०१२ मा आबे पुनः सरकारको नेतृत्वमा फर्केपछि आबेले सुगालाई मन्त्रीपरिषद्को मुख्य सचिव बनाएका थिए ।

मन्त्रीपरिषद्को मुख्य सचिवलाई जापानमा एक शक्तिशाली पद मान्ने गरिन्छ । मुख्य सचिवले सरकारी मन्त्रालय र सत्तापक्षको प्रयासलाई समन्वय गर्ने प्रचलन छ । मुख्य सचिव हुँदा सुगाले सरकारको तर्कपूर्ण प्रतिरक्षा गर्ने र नयाँ सम्राट नारुहितोको आरोहणको चाँजोपाँजो मिलाउने जिम्मेवारी पूरा गरेका थिए ।

सुगा वंश राजनीतिको पृष्टभूमिबाट आएका नेता र पूर्व टेक्नोक्रेयाटहरूले भरिएको सत्ताधारी पार्टीमा किसान परिवारबाट आफ्नै बाहुबलले सांसद हुन सफल लोकप्रिय नेता मानिन्छन् ।

आफ्नो माध्यमिक विद्यालयस्तरको पढाइपछि टोकियो छिरेका सुगाले रात्रिकालिन विश्वविद्यालयस्तरको पढाइका लागि सस्तो श्रमको सहायता लिँदै आफ्नो अध्ययन पूरा गरेका थिए । सन् १९८७ मा योकोहामाबाट नगरसभाको सदस्य निर्वाचित बनेका सुगा सन् १९९६ मा जापानी संसदको तल्लो सभामा निर्वाचित हुँदै राजनीतिमा अघि बढेका हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।