Logo आश्विन २, २०७७ शुक्रबार


नाइ श्रमिकहरुमाथि ‘खड्गप्रसाद’ को दमन !

काठमाडौँ । लकडाउनपछि बन्द रहेको व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरी आन्दोलनमा उत्रिएका नाइ श्रमिकहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

लामो समयदेखि काम बन्द हुँदा आफूहरुको रोजीरोटी नै खोसिएको भन्दै उनीहरुले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर व्यवसाय सञ्चालन गर्नुपर्ने माग राख्दै आन्दोलन गरेका हुन् ।

नाइ संघको अगुवाई माइतीघरमा प्रदर्शनमा उत्रिएका नाइ श्रमिकहरुको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । पानीको फोहोरा प्रहार गरी प्रहरीले नाइ श्रमिकलाई तितरवितर पारेको हो ।

नाइ श्रमिक संयुक्त संघर्ष समितिका अध्यक्ष बब्लु ठाकुरले आफूहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा पनि ज्यादती गरिएको भन्दै विरोध गर्नुभयो ।

उहाँले शान्तिपूर्ण आन्दोलन गर्दा पनि प्रहरी लगाएर खड्गप्रसाद ओलीले दादागिरी चलाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।