Logo आश्विन २, २०७७ शुक्रबार


मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

फाइल तस्बिर

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । धनगढीमाई–१ मेदनी पुलमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते खोटाङको हौचुरे गाउँपालिका–५ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी पाण्डेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।