Logo आश्विन १५, २०७७ बिहीबार


सडक भासिएपछि बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ । अविरल वर्षापछिको पहिरोका कारण हिमाली जिल्ला मनाङ जोड्ने बेँसीशहर–चामे सडक भासिएको छ । मंगलबार रातिदेखि अविरल वर्षासँगै माथिबाट आएको बाढीपहिरोले सडकखण्डको बेँसीशहर नगरपालिका–६ खरखरे भिरको सडक भासिएको हो ।

डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका सव-इञ्जिनियर सुमन अधिकारीले करिब २० मिटर सडक भासिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडक माथिबाट आएको पहिरो र सडककाे तल मर्स्याङ्दी नदीले खोलेको जमिनका कारण जमिन भासिँदा सडक अवरुद्ध भइरहेको छ ।’ पानी निरन्तर परिरहेकाले तत्काल मर्मतको नरहेको उहाँको भनाइ छ ।

पहिरो गएको स्थानमा लामो समयदेखि वर्षेनी हल्का वर्षा हुनासाथ ढुंगामाटो आएर सडक अवरुद्ध हुँदै आएको थियो । सडकअन्तर्गत नगरपालिकाकै वडा नम्बर ७ सहजीनिरको पुवाखोलामा समेत बाढी आएकाले यातायात अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा ढुवानीदेखि आकस्मिक सेवाका सबै सवारी साधन ठप्प बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।