Logo ११ श्रावण २०७८, सोमबार


अरिङ्गाल पोल्न जाँदा एक युवाको मृत्यु, एक गम्भीर घाइते

धादिङ । अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर रहेका छन् भने घाइते हुनेमा २४ वर्षीय राजवीर गुरुङ छन् ।

रुखबाट लड्दा टाउकामा चोट लागि गम्भीर घाइते भएका मगर र गुरुङलाई उपचारका लागि धादिङ अस्पताल ल्याउँदै गर्दा मगरको बाटोमै मृत्यु भएको र गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- भेटघाटमा दिनबित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ वृष- सरसामान हराउन सक्नेछ । अनावस्यक धन खर्च…

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ…

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवम् इष्टमित्रबाट सहयोग…

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज युथफोर्सको भ्याली कमाण्ड घोषणा गरेको छ । काठमाडौंको बबरमहलस्थित…