Logo आश्विन २, २०७७ शुक्रबार


नारायणी नदीमा डुङ्गा पल्टिँदा एक बेपत्ता

फाइल : तस्वीर

नवलपरासी । जिल्लाको (बर्दघाट–सुस्ता पश्चिम)स्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन् । अन्य छ जना पौडी खेलेर बाँच्न सफल भएका छन् ।

सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सात जना सवार डुङ्गा आज बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो । बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् ।

बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।