Logo कार्तिक १२, २०७७ बुधबार


स्वामी अग्निवेश : मार्क्सवादी चिन्तक र सामाजिक अभियान्ता

माेहनप्रसाद मैनाली

भारतीय राजनीतिमा सधैँ चर्चामा रहिरहने स्वामी अग्निवेशको यसै साता निधन भयो । निधन हुनुभन्दा केही समय अघिसम्म पनि शोषितपीडित जनताको पक्षमा आवाज उठाइरहने एक कर्मठ राजनीतिज्ञ, मार्क्सवादी चिन्तक र सामाजिक अभियान्ता अग्निवेशको ८१ वर्षको उमेरमा दिल्लीको आइएलबीएस अस्पतालमा निधन भएको थियो ।

वृद्ध अवस्था र शरीरमा विभिन्न रोगका शिकार भएका स्वामी अग्निवेशको अन्तिम अवस्थामा कलेजोमा खराबी देखिएको चिकित्सकले बताएका थिए । उनकाे कलेजो कामै नलाग्ने भइसकेको र कलेजोको खराबीकै कारण शरीरको धेरैजसो अंगले काम गर्न छोडेको चिकित्सकको भनाइ थियो । कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले चिकित्सकले स्वामीलाई त्यसै अनुसारको सल्लाहसमेत दिएका थिए । तर कलेजो प्रत्यारोपनका बारेमा परामर्श गरिरहेकै अवस्थामा उनकाे निधन भएको थियो ।

चिकित्सकका अनुसार पछिल्लो पटक उनी लिग्गी सिरोसिस् नामको रोगबाट पीडित भएका थिए ।

दक्षिण भारतको छत्तीसगढ राज्यमा सन् १९३९ को सेप्टेम्वर २१ मा जन्मिएका स्वामीले धार्मिक संगठन आर्य समाजका लागि विषेश काम गरेका थिए । स्वामीले आर्य समाजकै कार्यलाई सक्रिय बनाउनका लागि सान् १९६८ मा आर्यसभा नामको राजनीतिक दलसमेत स्थापना गरेका थिए । सन् १९८१ मा बन्धु मुक्ति मोर्चा स्थापना गरे र यही मोर्चाको आडमा राजनीतिक प्रतिस्पर्धामा भाग लिए ।

हरियानाबाट निर्वाचनमा भाग लिएका स्वामी जनप्रतिनिधि बने र मन्त्रीसमेत भए । उनी मन्त्री भएकै समयम मजदुरमाथि लाठीचार्जको घटना भएपछि उनले मन्त्री पद त्यागे र सदाका लागि राजनीतिबाट अवकास लिए ।

भारतीय राजनीतिक आन्दोलनका चर्चित व्यक्ति अन्ना हजारेले शुरु गरेको जन लोकपाल विधेयक आन्दोलनमा समेत उनकाे विषेश योगदान रहेको थियो । यो आन्दोलनमा भने उनलाई विवादास्पद अभिव्यक्ति दिएको भनेर नागरिक समाजलाई अपमान गरेको आरोपसमेत लाग्ने गरेको छ । भारतीय विद्रोही माओवादी र सरकारबीच पटक पटक भएका वार्ताका क्रममा स्वामीले मध्यस्थताको भूमिका निर्वाह गरेका थिए जसबाट उनीमा शोसितपीडित, गरिब र मजदुरबीच गहिरो सहानुभूति थियाे भनेर बुझ्न गाह्राे छैन ।

गरिब तथा बन्धनमा परेका मजदुरहरुको मुक्तिका लागि लामो समय लडाइँ गरेका स्वामीले ‘सही आजीविका पुरस्कार’ समेत प्राप्त गरेका थिए । बन्धु मुक्ति मोर्चाका माध्यमबाट उनले जातिवाद र रुढिवादी संस्कारविरुद्ध विचारको लडाइँमा दशकौं व्यतित् गरेका थिए । हिन्दू मन्दिरमा दलित जातीलाई गरेको प्रवेश निशेधका विरुद्ध असीको दशकमा उनले गरेको आन्दोलनले भारतभर ठूलो धार्मिक क्रान्ति ल्याउन सफल भएको मानिन्छ ।

नेपालमा रहेको गढीमाइमा दिइने वली प्रथा रोक्नका लागि केही वर्ष अघि उनी नेपाल आएका थिए तर उनकाे आग्रह सुनुवाई नभएकोमा चिन्तित हुँदै भारत फर्किएको समाचार सञ्चारमाध्यममा आएका थिए । आफ्नो रक्षाका लागि अरु (पशु) को बली दिनु अमानवीय भएको उनकाे मान्यता थियो ।

स्वामीलाई भारतीय समाजमा एक क्रान्तिकारी साधुको रुपमा पनि चिनिने गरिन्छ ।

स्वामी अग्निवेशकाे निधनपछि वरिष्ठ पत्रकार तीर्थ कोइरालाले फेसबुकमा लेख्नुभएको संस्मरण यस्तो छ :

स्वामी अग्निवेश । २०३९ सालमा काठमाडौंको होटल मल्लमा एउटा बँधुवा मजदुर सम्बन्धी कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा सहभागि हुन एम्नेष्टि इण्टरनेशनलका तर्फबाट गोपाल चिन्तनसहित म पनि त्यहाँ पुगेको थिएँ । चियाको समयमा भारतबाट आएका गेरु वस्त्रधारी र अर्का खद्दरको सेतो कुर्ता पाइजामा लगाएका मानिससँग हाम्रो कुराकानी भयो । उनीहरुले नेपालको प्रजातन्त्रिक आन्दोलन, प्रतिबन्धित अवस्थामा रहेका दलहरुका गतिविधि र विशेषतः त्यतिबेला चर्चामा रहेको नक्सलवादी भनेर पनि चिनिने नेकपा मालेका बारेमा चासो राखे । कुराकानी लामै भयो । स्वामी अग्निवेशले सोधेको एउटा प्रश्न थियो– विश्वको एकमात्र राजतन्त्रात्मक हिन्दू अधिराज्यमा धर्म नमान्ने नक्सलवादी कम्युनिष्टहरु कसरी लोकप्रिय हुँदै गएका छन् ? मैले दिएको जवाफ थियो– ‘हाम्रो धर्मले पनि शोषण अन्याय अत्याचार नगर भन्छ, मार्क्सवादले पनि त्यही कुरा नगर्न र अस्वीकार गर्न सिकाउँछ ।’

पैदल नै उनीहरुलाई ठहिटी क्वाबहालस्थित रघु पन्तको कोठासम्म लिएर गइयो । रघुजी र अच्युत एउटा पाँच तले घरको सबैभन्दा माथिको कोठामा किताब, पत्रपत्रिका र गिटार हार्मोनियमले घेरिएर बस्थे । त्यहाँ रघुजी, अच्युत फुयाल, गोपालसहित हामीले सामुहिक तस्वीर खिच्यौं । अच्युतसँग तस्वीर हुन पनि सक्छ । त्यसको दुई चार वर्ष पछिसम्म पनि हुलाकबाट मेरो पत्राचार भयो । पछि सम्पर्क नियमित हुन सकेन । बेलाबखत भेट भयो त्यो उज्यालो र आत्मिय लाग्ने त्यो गेरु वस्त्रधारी स्वामी अग्निवेश र अर्का खद्दरधारी कैलाश सत्यार्थीसँग । कैलाश सत्यार्थी सन् २०१४ मा नोवल शान्ति पुरस्कार पाउने चर्चित अधिकारकर्मी हुन् ।

स्वामी अग्निवेशका बारेमा केही तथ्यहरु :

-स्वामी अग्निवेशको जन्म २१ सेप्टेम्बर १९३९ मा आन्ध्र प्रदेशको श्रीकाकुलममा भएको थियो । उनी चार वर्षको हुँदा बुबाको निधन भएपछि उनको पालनपोषण हजुरआमा र हजुरबुबाबाट भएको थियो ।

-स्वामीले कानून र वाणिज्यको डिग्री लिएपछि कोलकाताको प्रसिद्ध सेन्ट जेभियर्स कलेजमा व्यवस्थापनकाे प्राध्यापककाे जिम्मबारी बहन गरेका थिए । राजनीतिका लागि पार्टी गठन गरेपछि उनले प्राध्यापन पेशा त्यागेका थिए ।

-आर्यसभा नामको राजनीतिक पार्टी गठन गरेर जनप्रतिनिधि बनेका स्वामीले हरियाणा सरकारकाे शिक्षामन्त्रीकाे पदसमेत सम्हालेका थिए ।

-भारतमा भएको सन् २०११ को भ्रष्टाचार विरोधी आन्दोलनमा पनि स्वामी अग्निवेशले भाग लिएका थिए तर केही मदभेदका कारण आन्दोलनबाट टाढा भएका थिए ।

-स्वामी अग्निवेशले भारतीय टेलिभिजनमा चर्चित रियालिटी सो ‘बिग बोस’ मा भाग लिएर बिग बाेसकाे घरमा तीन दिन बिताएका थिए ।

स्रोत : भारतीय सञ्चारमाध्यम

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।