Logo कार्तिक १३, २०७७ बिहीबार


नेपालमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सप्तरीमा ५०, डोटीमा ४०, पर्सामा ५ र पोखरामा ३ जना संक्रमित थपिएका हुन । सप्तरीमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार सहित ५ कर्मचारी, सिडिओ कार्यालय सप्तरीका २ जना कार्यालय सहायक, १ जना प्रहरी र १ जना भान्से सहित ५० जनामा कोराना देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । सप्तरीमा निषेधाज्ञा हटाए लगत्तै ५० जना नयाँ कोरोना संक्रमित थपिएका हुन ।

यस्तै डोटीमा ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा सुल्लेकमा रहेको नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

उता पर्सामा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा १ सय ५२ जनाको परीक्षण गर्दा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रबक्ता डा. अतुलेशकुमार चौरसीयाले जानकारी दिनुभयो । यस्तै पोखरामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।