Logo कार्तिक १०, २०७७ सोमबार


कुलमानको पुनर्नियुक्तिको माग गर्ने समूहमाथि प्रहरीद्वारा बल प्रयोग

रुपा घिमिरे
काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यकाल पूरा गरी बिदा भइसकेका कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै उपत्यकाका विभिन्न चोकमा प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गर्नुका साथै पानीको फोहोरासमेत हानेर नियन्त्रणमा लिनुपरेको छ ।

चार वर्षे कार्यकाल पूरा गरेर मंगलबार औपचारिकरुपमै नेपाल विद्युत प्राधिकरणबाट बिदा भएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्नियुक्तीको माग गर्दै काठमाडौंका विभिन्न चोकमा बुधवार प्रदर्शन भएको छ । चार वर्षको आफ्नो कार्यअवधिमा देशलाई लोडसेडिङ मुक्त बनाउँदै घिसिङले निरन्तर घाटामा गएको प्राधिकरणलाई नाफामा पुर्याएको र प्राधिकरणको थप सुधारका लागि घिसिङकाे पुनर्नियुक्तीको माग गर्दै सडकमा नाराबाजीसँगै प्रदर्शन भएको हो ।

चर्को लोडसेडिङ भोगिरहेको अवस्थामा प्राधिकरणको नेतृत्व लिएर लोडसेडिङमुक्त पार्न सफल घिसिङलाई नै निरन्तरता दिनुपर्ने भन्दै विगत लामो समयदेखि जनस्तरबाटै लबिङ भइरहेको छ । तर नागरिकस्तरको अपेक्षा अनुरुप सरकारले घिसिङको कार्यकाल थप नगरेपछि सामाजिक सञ्जालदेखि सडकसम्म सरकारको आलोचना र सरकारविरुद्ध नाराबाजी भइरहेको छ ।

बुधबार घिसिङको पक्षमा र सरकारको विरोधमा बालाजु, माछापोखरी, जोरपाटी, माइतीघर, कीर्तिपुर लगायतका स्थानका चोक चोकमा प्रदर्शन भएका हुन् । प्रदर्शनकारीहरुले ‘हाम्रोलाई होइन राम्रोलाई नियुक्त गर’ ‘अरु आए अन्धकार, कुलमान आए चमत्कार’ लगायतका नारा लगाएका थिए । घिसिङले लोडसेडिङ अन्त्य गराएर नेपाललाई उज्यालो बनाएको भन्दै माइतीघरलगायत विभिन्न ठाउँमा युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

घिसिङलाई पुनर्नियुक्ती गर्न उर्जामन्त्री वर्षमान पुनले मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेपनि पक्षमा कुनै निर्णय हुन नसकेको बताइएको छ । घिसिङको कार्यकाल सकिएसँगै हाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।