Logo कार्तिक १२, २०७७ बुधबार


राष्ट्रिय टोलीको प्रशिक्षण शुरु गर्न एन्फालाई बाटाे खुल्याे

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय टोलीको प्रशिक्षण शुरु गर्न ग्रिन सिग्नल मिलेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रशिक्षणका लागि कार्यविधि बनाउन निर्देशन दिएसँगै प्रशिक्षणको तयारीमा रहेको अखिल नेपाल फुटबल संघ एन्फालाई शुभ संकेत मिलेको हो ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई प्रशिक्षणको कार्यविधि बनाउन र अघि बढ्न भनेका छन् । एन्फाले पछिल्लो समय विश्वकप छनोटदेखि मैत्रीपूर्ण खेलाडीको प्रशिक्षण गराउने वातावरण मिलाउन सिलवालसँग अनुरोध गरेको थियो ।

बुधबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली र सदस्य सचिव सिलवालबीच राष्ट्रिय टोलीको प्रशिक्षण सञ्चालनका बिषयमा गम्भीर छलफल भएको थियो । छलफलका क्रममा शेर्पाले अनुमती पाए शुरक्षितरुपमा अभ्यास थाल्न तयार रहेको बताएका थिए भने सिलवालले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), विश्व फुटबल महासंघ (फिफा) र नेपाल सरकारको स्वास्थ्य प्रोटोकलअनुसारको कार्यविधि खोजेका थिए ।

अभ्यास शुरु गर्नु पर्ने बिषयमा निकै लचक तथा सकारात्मक देखिएका सिलवावले कार्यविधि बनाएर अघि बढ्न आग्रह गरे । कोरोना प्रभावका कारण गएको चैत्र महिनादेखि एन्फाले कुनै पनि फुटबल गतिविधि सुरु गर्न सकेको छैन । यो बीचमा राष्ट्रिय टोलीको अभ्यासको तयारी भएपनि सरकारको निर्देशनका कारण शुरु हुन सकेको छैन ।

एन्फा आसन्न विश्वकप फुटबल २०२२ र एएफसी एसियन कप छनोटका घरेलु खेलको तयारी थाल्ने योजना बनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।