Logo कार्तिक १२, २०७७ बुधबार


ज्यान मुद्दामा फरार अभियुक्त २३ वर्षपछि पक्राउ

बाँके। बाँके प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । २३ वर्षअघि बाँकेको साबिक रनियापुर गाबिस वडा नम्बर ८ रनियापुरका १९ वर्षीय नूर सलाम खाँको हत्या गरी फरार रहेका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

साबिक रनियापुर गाबिस वडा नम्बर ८ हाल खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरका ३८ वर्षीया आजात खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिनुभयो । २०७२ साल असौज १७ गते जिल्ला अदालत बाँकेले अभियुक्त खाँलाई २० वर्षको कैद सजाय तोकेको थियो ।

अभियुक्त आजात खाँ आफ्नै घरमा लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा गत भदौ २८ गते जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।