Logo कार्तिक १२, २०७७ बुधबार


सम्झौताकाे पाँच वर्षपछि मानसरोवर जाने पुल निर्माण शुरु

आशिष बहादुर सिंह
बझाङ । भूगोलका हिसाबले नेपालको सबैभन्दा ठूलो र दूर्गम साइपाल गाउँपालिका हुँदै तिब्बत मानसरोवर जाने इङ्गलद्वार पुल निर्माणको काम ठेक्का सम्झौता भएको पाँच वर्षपछि शुरु भएको छ । हेलिकप्टरमार्फत् निर्माण सामग्री ढुवानी गरेर पुल निर्माण शुरु गरिएको हो ।

झोलुङ्गे पुल निर्माणका लागि आवश्यक पर्ने लठ्ठा, फलामे सामान, सिमेन्टलगायत सम्पूर्ण सामानहरु निर्माण स्थलमा पुर्याएर काम शुरु गरिएको र आगामी असोजभित्र पुल हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । पुल निर्माण स्थल अत्यन्तै विकट ठाउँमा भएको र सामग्री ढुवानीमा कठिनाई भएकाले निर्माण कार्य ढिला भएको निर्माण कम्पनी हरिहरि निर्माण सेवा प्रालिले जानकारी दिएको छ ।

‘सामान ढुवानी गर्न सबै विकल्पमा प्रयास गर्दा गर्दै समय बित्यो । मान्छे र खच्चरमार्फत ढुवानी सम्भव नभएपछि अन्तमा हेलिकप्टर प्रयोग गरेका हौँ ।’ हरिहरि निर्माण सेवा प्रालिका प्रमुख प्रकाशजंङ शाहले भन्नुभयो, ‘अब सबै सामान पुगिसकेकाले धमाधम काम हुन्छ । असोज १५ सम्म पुल हस्तान्तरण हुन्छ ।’

पुल निर्माण स्थल जिल्लाको अन्तिम मानवबस्ती साइपाल गाउँपालिकाको धुली गाउँबाट झण्डै २० किलोमिटर उत्तरमा पर्छ । यो बाटो भएर साइपाल गाउँपालिकाका बासिन्दा दैनिक कामकाज र पशुपालनका लागि ओहोर दोहोर गर्ने गरेका छन् । यही बाटो भएर वार्षिक हजारौंको संख्या यार्सा तथा जडिबुटी संकलक र कैलास मानसरोवर जाने तीर्थ यात्रीहरु हिँड्ने गरेका छन् । नदी ठूलो भएको र पारका लागि कुनै पनि विकल्प नभएका कारण स्थानीयले जोखिम मोलेर जंघार तर्ने गरेका छन् । पुल नभएका कारण खोला तर्ने क्रममा पाँच वर्षको अवधीमा ७ जनाले ज्यान गुमाइसकेका छन् ।

नदी तर्ने क्रममा वर्षेनी मानिसले ज्यान गुमाइरहेका बारेमा विभिन्न मिडियाबाट पटक पटक समाचार छापिएपछि २०७३ साल मंसिरमा स्थानीय विकास मन्त्रालय अन्तर्गत डोलिडार परियोजनाले यहाँ पुल निर्माणको लागि टेन्डर आव्हान गरेको थियो । एक सय २० मिटर लम्बाई भएको पुल एक करोड ७८ लाख २८ हजारको लागतमा निर्माण गर्ने सम्झौता भएको थियो ।

ढिलै भए पनि पुल निर्माण हुने पक्का भएपछि खुशी लागेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो । लामो समयसम्म पुल निर्माणको काम शुरु नगरेपछि ठेकेदार खोज्दै पटक पटक काठमाडौं धाएको बताउने धामीले भन्नुभयो, ‘धेरै लामो प्रयासपछि अब पुल बन्ने पक्का भएको छ । यो पुल निर्माण भएपछि आवतजावतमा सजिलो त हुन्छ नै चीन सँगको व्यापार व्यवसाय पनि फस्टाउने छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।