Logo कार्तिक १०, २०७७ सोमबार


निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न माग

विद्यानन्द राम
सप्तरी। नेपाल मधेशी निजामती कर्मचारी मञ्च सप्तरीले निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न माग गर्दै बिहीबार जिल्ला निर्वाचन अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

निरंकुश शैलीमा सरकारले असोज २४ गते निर्वाचन गराउन लागेको भन्दै मञ्चका सप्तरीका अध्यक्ष अजयकुमार झासहितका पदाधिकारीहरुले जिल्ला निर्वाचन अधिकृत (जिल्ला सरकारी वकिल कार्यालय सप्तरीका प्रमुख) कैलाश दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

‘निर्वाचन सम्बन्धी अगाडि बढाइएका कार्यक्रमहरु उपर यस मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ, निर्वाचन प्रकृया उपर माग पत्रसहित भदौ २८ गते प्रधानमन्त्री समक्ष पेश गरिएको दृष्टीकोणलाई बेवास्ता गरी निरंकुश शैलीमा सरकारले
निर्वाचन गराउन लागेको छ’ ज्ञापन पत्रमा भनिएको छ ।

मधेशी, आदिवासी, जनजाती, थारु, दलित, मुस्लिम, महिला तथा अल्पसंख्यक लगायतका समाजिक रुपमा  बञ्चितिकरणमा परेका समुदायबाट प्रतिनिधित्व गर्ने सबै आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व चाहिरहेकाले समावेशिताको सिद्धान्तमा निर्वाचन गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

तत्काल निर्वाचन स्थगत गरी सिद्धान्ततः निर्वाचन पद्धती सर्वस्वीकार्य नगरिए आन्दोलनको विकल्प नरहने ज्ञापन पत्रमा चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।