Logo कार्तिक ११, २०७७ मंगलबार


हेकाफद्वारा सरकारलाई भेन्टिलेटर सहयोग

सांकेतिक तस्बिर

काठमाडौं । प्रतिष्ठित अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउन्डेसनको सहयोगमा हेल्थ इन्भारोमेन्ट एण्ड क्याइमेट एक्सन फाउन्डेसन (हेकाफ ३६०)ले सरकारलाई २० वटा भेन्टिलेटर सहयोग गरेको छ । विश्वव्यापी महामारी कोभिड–१९ को समस्यासँग सामना गर्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्य अनुरुप हेकाफ ३६० ले २० वटा जीवन रक्षक बाईप्याक भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

हेकाफले अत्यावश्यक भेन्टिलेटरसहित पीपीई, पञ्जा, गाउन, मास्क, थर्मोमिटर लगायत गरी करिब ९५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको हो । स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विपदको अवस्थामा सहयोग गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

मन्त्री ढकालले फाउण्डेसनले उपलब्ध गराएको सामग्रीको अधिकतम उपयोग गरी बिरामीको जीवन रक्षा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कोभिड-१९ विरुद्ध समय परिवर्तन हुँदै जाँदा फरक फरक तरिकाले लड्नुपरेको बताउनुभयो । कुनै समय पीपीई लगायतका स्वास्थ्य सामग्रीको व्यवस्था गर्नुपरेकोमा पछिल्लो समय अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

यसअघि पनि हेकाफ ३६० ले जेठ २१ ग्ते सरकारलाई ३० वटा बाइप्याप भेन्टिलेटरसहित एक करोड २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । हेकाफ ३६० का अध्यक्ष तथा कार्यकारी निर्देशक महेश नकर्मीले अहिलेको अत्यन्तै भयावह परिस्थितिमा चुजी फाउन्डेसनद्वारा नेपाललाई सहयोग प्राप्त भएकोमा अभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स