Logo कार्तिक ११, २०७७ मंगलबार


भाइरल बन्दै काभ्रेको बहुबली (तीनधारे) झरना, कसरी जाने ?

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा रहेको अत्यन्त सुन्दर मनमोहक तीनधारे झरनाको चर्चा अहिले चुलिएको छ । बहुबली झरनाको नामबाट केही दिनयता फेसबुक, टिकटक लगायत सामाजिक संजालमा यो झरना भाइरल भैइरहेको छ ।

रोशी गाउँपालिका–२ खहरेपागुँस्थित काफलडाँडामा अवस्थित उक्त झरना अहिले प्रकृतिप्रेमीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ ।

महाभारत पर्वत शृङ्खलको तीनतिरबाट झरना खसेकाले यसलाई तिनधारे झरना भनिएको हो ।

यसको बढ्दो चर्चा र लोकप्रियताका कारण लकडाउन र निषेधाज्ञाका समयमा समेत यो झरना अवलोकन गर्न दैनिक सयौंको संख्यामा मानिसहरु आउने गरेको रोशी गाउँपालिकाका प्रमुख दलबहादुर मोक्तानले बताउनुभयो ।   एकदिनमा झण्डै १५ सय जना भन्दा धेरै मानिसहरु झरना हेर्न आउने गरेको बताइएको छ ।

कसरी पुग्ने झरनासम्म

उक्त झरनासम्म पुग्न दुईओटा मार्ग प्रयोग गर्न सकिन्छ । पहिलो काभ्रेको पनौतीबाट नमोबुद्द रोड हुँदै नमोबुद्द वा धुलिखेलबाट काभ्रेभञ्ज्याङ, नमोबुद्द रोड हुदैँ दाप्चा पुगेर पिपलटार, काफलडाँडाको मार्ग भएर जान सकिन्छ । यसैगरी दोस्रो मार्गका रुपमा बिपि राजमार्गस्थित नमोबुद्द नगरपालिका र रोशी गाउँपालिकाको सीमाना कटुन्जे चौकीडाँडाबाट रोशी खोलाको किनारै किनार जाँदा समेत उक्त झरनासम्म पुग्न सकिन्छ ।

जिल्ला सदरमुकाम धुलिखेलबाट ३ घण्टाको सवारी यात्रापछि झरना भएको स्थानमा ३०/ ४० मिनेटको पैदल यात्रामा पुग्न सकिन्छ । यात्राका क्रममा देखिने दाप्चाको पुरानो नेवार बस्ती, मनमोहक ग्रामिण दृश्यहरु, महाभारत पर्वत शृङ्खलाका पहाडहरुले पनि त्यहाँ पुग्ने सबैको मन लोभ्याउछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।