Logo कार्तिक १२, २०७७ बुधबार


सरकारी अध्यादेश अस्वीकार गर्दै भारतकी केन्द्रीय मन्त्रीद्वारा राजीनामा

काठमाडौं । भारतकी केन्द्रीय मन्त्री हरसिमरत कौर बादलले राजीनामा दिएकी छिन् । सरकारले बिहीबार कृषि सम्बन्धि अध्यादेश ल्याएपछि केन्द्रीय मन्त्री एवं शिरोमणि अकाली दलकी सांसद बादलले मोदी सरकारको क्याबिनेटबाट राजीनामा दिएकी हुन् ।

बीजेपीको सहयोगी दलकी सांसद अकालीले सरकारले ल्याएको अध्यादेशको विरोधमा राजीनामा दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बिहीबार लोकसभामा बिल पेश भएसँगै शिरोमणि दलका सांसद सुखवीर सिंह बादलले सदनमै विरोध जनाएका थिए ।

मोदी सरकारलाई चुनौती दिँदै हरसिमरत कौरले मन्त्रीपदबाट राजीनामा दिएकी हुन । अध्यादेशले भारतका २० लाख किसानलाई प्रत्यक्ष असर पर्ने उनको दाबी छ । तर अकाली दलले मोदी सरकारको समर्थन भने जारी नै राखेको जनाइएको छ ।

हरसिमरत कौरले किसान विरोधी अध्यादेश तथा कानुनको विरोधमा केन्द्रीय मन्त्रीमण्डलबाट राजनीनामा दिएको बताएकी छिन् । कौरले ट्वीट गर्दै किसानको छोरी र बहिनीका पक्षमा उभिँदा गर्व लागेकोसमेत उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।