Logo कार्तिक १२, २०७७ बुधबार


कोरोनापछि विश्वका १५ करोड बालबालिका गरीबीको चपेटामा

काठमाडौं । कोरोना महामारी र लकडाउनका कारण विश्वमा १५ करोड भन्दा धेरै बालबालिका गरिबीको दलदलमा धकेलिएको रिपोर्ट सार्वजनिक भएको छ ।

कोरोना संकटका कारण गरिब भएका बालबालिकाको संख्या जोडेर अब विश्वमा १.२ अर्ब बालबालिका गरिबीको चपेटामा परेको बालबालिकाको क्षेत्रमा कार्यरत संस्था यूनिसेफ र सेभ द चिल्ड्रेनले जनाएको छ ।

ताजा तथ्याङ्कका अनुसार कोरोना महामारीका कारण करोडौँ बालबालिकाहरु गरिबीको चपेटामा परेका छन् भने पहिल्यैदेखि गरिबीमा रहेका बालबालिकाहरुको अवस्था अझ दयनीय बनेको छ । यो अध्ययनका अनुसार महामारी र लकडाउनका क्रममा १५ करोड भन्दा धेरै बालबालिकालाई शिक्षा, स्वास्थ्य, घर, पोषण, सरसफाई र खानेपानीको अभाव भएको छ ।

यूनिसेफले आगामी दिनमा यो समस्या अझै बढ्न सक्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।