Logo कार्तिक १२, २०७७ बुधबार


भारतमा एकैदिन ९६ हजारमा संक्रमण, ११७४ जनाको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार मनिसमा कोरोना भाइरस संक्रमण देखिएको छ । भारतमा एकैदिनमा ९६ हजार चार सय २४ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै भारतमा कोरोना संक्रमितको कूल संख्या ५२ लाखभन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार एक सय ७४ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल सङ्क्रमितमध्ये अहिले पनि दश लाख १७ हजार सात सय ५४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कूल ५२ लाख १४ हजार ६७८ जना सङ्क्रमित भएका हुन् । संक्रमितमध्ये ४१ लाख १२ हजार पाँच सय ५२ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख दुई हजार एक सय ३५ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख तीन हजार ६ सय ५० जना सक्रिय सङ्क्रमित छन् । त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार एक सय ९७ जना, उत्तर प्रदेशमा ६८ हजार दुई सय ३५ र दिल्लीमा ३१ हजार सात सय २१ जना सङ्क्रमितहरु अहिले पनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म ६ करोड १५ लाख ७२ हजार तीन सय ४३ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।