Logo कार्तिक १३, २०७७ बिहीबार


पाटापुरका ८९ सुकुम्बासीमध्ये १९ परिवारले पाए लालपुर्जा

भगीरथ भण्डारी
इलाम । रोङ गाउँपालिका–६ पाटापुरका ६७ वर्षीय लालसिंह राईले सोचेका पनि थिएनन् आफूले प्रयोग गरेको जग्गाको लालपुर्जा पाउँछु भनेर । ५७ वर्षअघि देखि भोगचलन गरे पनि लालपुर्जा नहुँदा कयौँ समस्या भोग्नु परेको उनी बताउँछन् ।

लालसिंहलाई ५७ वर्षसम्म भोगचलन गरेको जग्गाको बा, बाजेले नै नपाएको पुर्जा पाइन्छ भन्ने आश पनि थिएन । आफैँले भोगचलन गरेको जमिन आफ्नो नाममा नहुँदा आँशु बगेरै दशक बित्यो । तर ५७ वर्षपछि लालपुर्जा पाउँदा पनि उनको आँखामा आशु थामिएनन् । जिन्दगी भरको सपना पूरा भएको भन्दै गहभरी आँशु झार्दै, अब भूमीहिन भएर बस्नु परेन, छोरा नातीसम्मलाई ढुक्क भएको उनी बताउँछन् ।

रोङ–६ कै ७० वर्षीय इन्द्रमाया रानामगर पनि बाँचुन्जेल सुकुम्बासी जीवन बित्नेमा चिन्तित थिइन । उनी भन्छिन, ‘यत्रो वर्षसम्म नपाएको लाल पुर्जा अब पाउँछु भन्ने आशै थिएन ।’ हर्षका आँशु झार्दै उनी भन्छिन, ‘अब त मर्दा पनि सुखले सास जाने र श्वर्ग पुगिने भैयो ।’ ७०
वर्षमा २० रोपनीको जग्गाको धनी बन्दा उनी खुशि छन् ।

यस्तै भक्तबहादुर राईले मर्ने बेलामा भए पनि लाजपुर्जा पाउँदा परिवारमा खुसीयाली छाएको भन्दै बंैकिङ कारोबार गर्ने समेत बाटो खुलेको बताए । उनीहरु त प्रतिनिधि पात्र मात्र हुन । रोङ गाउँपालिका वडा नम्बर ६ पाटापुरका ८९ सुकुम्बासी परिवारमध्ये १९ घरपरिवारले लालपुर्जा पाउँदा सबै हर्षित छन् ।

वि सं २०२० सालबाट यस क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी परिवार जग्गाबिहिन अवस्थामा थिए । वि सं २०५२ सालमा तत्कालिन सरकारले सुकुम्बासी आयोग गठन गरेपनि आवश्यक प्रकृया पूरा नपुगेपछि उनीहरुले लालपुर्जा पाएका थिएनन् ।

स्थानीय तहको निर्वाचन भएर सरकार गठन भएपछि गाउँपालिकाले उनीहरुलाई लाजपुर्जा दिलाउन व्यवस्थित बसोबास समिति गठन गरेर प्रकृया अगाडि बढाएको थियो । गाउँपालिका अध्यक्ष सम्शेर राईले जिल्ला मालपोत कार्यालय सँगको समन्वयमा पाटापुर बासीलाई लाजपुर्जा वितरण गरिएको बताउनुभयो । अध्यक्ष राईले गाउँपालिकाभित्र रहेका थप तीन सय ६२ सुकुम्बासी परिवारलाई समेत लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘पाटापुरबासीले नजिकको सरकारको अनुभुती गरेका छन्, अन्यलाई पनि चाँडै त्यो अनुभुती दिलाउने छौँ ।’

रोङ गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मनिकुमार स्याङ्बोले स्थानीय सरकारको तर्फबाट समस्याको अध्ययन र सहजीकरण गर्दै अध्यावधिक गरी जिल्ला मालपोत कार्यालय इलामबाट नयाँ लालपुर्जा प्राप्त भएको जानकारी दिनुभयो । उहाँले पाटापुरका ८७ मध्ये १९ परिवारले पाएको र अन्यलाई पनि आइतबारबाट वितरण गर्ने बताउनुभयो ।

जिल्ला मालपोत कार्यालय इलामका अनुसार साकफारा, चुलाचुली र रोङ गाउँपालिकाका सुकुम्बासीको सुकुम्बासी आयोगले यसअघि नै अध्यावधिक गरेको थियो । मालपोत कार्यालयका सूचना अधिकारी जसबहादुर राईले साकफाराका सुकुम्बासीलाई समेत देउमाई नगरपालिकाको मंगलबारे मालपोत कार्यालयबाट लालपुर्जा विवरण गरिने जानकारी दिनुभयो । माई नगरपालिकामा पनि सुकुम्बासी छन् तर त्यहाँको लालपुर्जा वितरणको भने टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।