Logo कार्तिक १३, २०७७ बिहीबार


११ वर्षीया बालिका बलात्कार गर्ने युवालाई १२ वर्ष कैद

काठमाडौं । बालिका बलात्कार गर्ने युवालाई जिल्ला अदालत उदयपुरले १२ वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत उदयपुरको इजालासले बालिका बलात्कार अभियोगमा पुर्वक्षका लागि थुनामा रहेका रौतामाई गाउँपालिका ३ का २४ वर्षीय भविन्द्र राईलाई १२ वर्ष कैद सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले वर्ष दिन अघि ११ वर्षीया बालिकामाथि बलात्कार अभियोगमा राईलाई दोषी ठहर गर्दै ५ हजार क्षतिपूर्ति सहित १२ कैद सजायको फैसला गरेको हो । बालिका बलात्कार अभियोगमा राई गत २०७६ कात्तिक १४ गते पक्राउ परेका थिए । उनी माथि कात्तिक ८ गते राति आफनै घरको मतानमा सुति रहेकी बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो ।

पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको उजुरीका आधारमा पक्राउ गरी जबरजस्ती करणी अभियोगमा मुद्धा चलाएको थियो । अनुसन्धानको क्रममा मंसिर ११ गतेको इजालसबाट कसुरदारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।