Logo कार्तिक १३, २०७७ बिहीबार


सामूहिक बलात्कारपछि आत्महत्या, दुई किशोर पक्राउ

विद्यानन्द राम
राजविराज । सप्तरीमा सामूहिक बलात्कारपछि आत्महत्या प्रकरणका दुई जना आरोपी पक्राउ परेका छन् । जिल्लाको पश्चिमी क्षेत्रबाट बिहीबार राति प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

दोषिलाई खोजी गर्ने क्रममा चार जनामध्ये १८ वर्षीय रंजित भनिने सरोजकुमार मण्डल र १९ वर्षीय बब्लु भनिने सुमन कुमार मण्डललाई पक्राउ गरेको एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिनुभएको छ । फरार रहेका ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डलको पनि
खोजी कार्य भइरहेको एसपी धमलाले बताउनुभएको छ ।

सोमबार बिहान १७ वर्षीया संंगीता मण्डलको सामूहिक बलात्कार भएपछि गाउँमा ‘पञ्चायती’ बसेको थियो । पञ्चायतीले आरोपीबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने ‘फैसला’ गरी उजुरी गर्न रोक लगाएको थियो । तीन जना पञ्चहरुलाई यसअघि नै नियन्त्रणमा लिइएको थियो ।

पञ्चहरु जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डलले उजुरी गर्न रोक लगाएका कारण पीडित संगीताले पीडा सहन नसकी गत मंगलबार आत्महत्या गरेकी थिइन् । तीनै जना पञ्चसहित घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।