मेष- साझेदारी कार्यमा प्रगति देखिन थाल्नेछ । वैदेशिक काममा सहजता आउने एवं यात्राको परिबन्ध मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । दाम्पत्य जीवनमा खुशीयाली बढ्ने एवम प्रेममा प्रगति हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा आउने मान सम्मानमा आघात हुनेछ । । अचानक काम रोकिनेछ । गुप्त शत्रुको भय रहनेछ । साताको अन्त्यमा पुरानो व्यवसायबाट आम्दामी हुने थाल्नेछ भने धर्ममा रुचि जाने एवम् ठूलाबडाको साथ मिल्नेछ । राजनीतिक क्षेत्रबाट लाभ एवम् काममा प्रगति हुनेछ ।
वृष- रमाइलो एवं यात्रामा धन खर्च हुनेछ । साथीभाइ सँगको सरसापटीले व्यवहार मिलाउन सजिलो हुनेछ । घरायसी विवाद बढ्नेछ । पारिवारिक वादविवादमा तनाव आउनेछ । प्रतिस्पर्धामा राम्रै योग रहन्छ । स्वास्थ्यमा सुधार आउनाले चिन्ता कम हुनेछ । साताको मध्यमा भने सानो यात्रा हुने एवम् आफन्तजन भेटघाट रहनेछ । पारिवारिक साथ मिल्ने एवम नयाँ साथी भेट हुनेछ । साताको अन्त्यमा भने काममा अपजस मिल्ने, नजिकबाट धोका तथा मनमा अशान्ति बढ्नाले काम अधुरो रहनेछ ।
मिथुन- आम्दामीको स्तर बढ्नाले कारोवारमा सन्तुष्टि मिल्नेछ । कृषि एवं खाद्यान्नबाट धनार्जन राम्रो हुनेछ । अध्ययनमा प्रगति देखिन्छ । सन्तानबाट सहयोग हुने तथा कला संगीतमा रुचि जानेछ । मातृपक्षबाट सहयोग एवम् सन्तानले खुशी दिनेछन् । मुद्दामामिला किनारा लाग्ने तथा विरोधीहरुको भय हट्नेछ । स्वास्थ्यमा प्रगति हुनाले यात्राको योग बन्नेछ । विनाकारण वैरी बढ्नने हुनाले बाेलीलाइ संयम राख्नु पर्नेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप एवम् नयाँ यात्राको योग बन्नेछ । साथिभाइको साथ मिल्नाले अप्ठेरो टरेर जानेछ ।
कर्कट- मानसिक चिन्तो काममा बाधा गर्नेछ । चिसोले स्वास्थ्यमा समस्या दिनेछ । घरायसी समस्यामा अल्झिनुपर्नेछ । सरसल्लाह नमिल्नाले आँटेको काममा बाधा आउनेछ । साताको मध्यमा भने आम्दानी राम्रो हुनेछ । सन्तानको प्रगतिले खुसियाली हुनेछ । शैक्षिक गतिविधि बढ्नाले् दैनिकीमा व्यस्तता आउनेछ । सोचेको कुरामा लाभ हुने एवम मनोरञ्जनमा दिन बित्नेछ । साताको अन्त्यमा भने खेलकुद तथा प्रतिस्पर्धामा प्रतिष्ठा कायम हुनेछ । सहयोगीको सहयोगले बेलैमा आँटेको काम पूरा हुनेछ ।
सिंह- दाजुभाइको सहयोगमा काममा पूर्णता आउनेछ । स्त्री वर्गको सहयोगले आर्थिक भार कम हुनेछ । नयाँ काममा दौडधुप एवम् व्यस्तता बढ्नेछ । सानो यात्राको योग पर्नाले व्यक्तिगत काम रोकिनेछ । साताको मध्यमा भने आफन्तसँग झैझमेला एवम् स्त्रीपक्षसँग मनमुटाव रहनेछ । अशान्ति एवम् तनाव बढ्नाले स्वास्थ्यमा गडबड हुनेछ । साताको अन्त्यमा भने काम सुचारु हुने एवम् व्यवसायमा सन्तोष मिल्नेछ । कला क्षमताको कदर मिल्नाले प्रशंसाको पात्र भइनेछ ।
कन्या- बाेली वचनले राम्रो प्रभाव पार्नेछ । साथीभाइसँग मिलेर सानो यात्राको तय हुनेछ । बाहिरी काममा पैसा बढी जानेछ । धन सम्पतिको कारोबार बढ्नेछ । कुटुम्ब भेटघाट एवम् सहयोग मिल्नाले व्यवसायमा राहत हुनेछ । मिष्ठान्न भोजनको योग एवम भोज भतेरमा सहभागी भइनेछ । नयाँ ठाउँको भ्रमण एवम् काममा जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा भने जग्गा जमिनको विवाद एवम पैतृक धनसम्पतिमा किचलो तथा आफ्नैसँग मनमुटाव रहनेछ ।
तुला- आफन्तको साथले आथिैका काममा प्रशन्नता एवम् खुसियाली बढ्नेछ । साथीभाइ भेटघाटमा रमाइलो हुनेछ । मनोरञ्जनमा खर्च बढ्नाले सञ्चित धन कम हुनेछ । सामाजिक प्रतिष्ठामा भने वृद्धि हुने तथा धनसम्पतिको सहयोग मिल्नेछ । आम्दानी बढ्नाले ऋणको भार कम हुनेछ । आफन्त भेटघाट एवं नयाँ परिकारको मिठो स्वाद मिल्नेछ ।सन्ततिको स्वास्थ्यमा भने समस्या एवम अध्ययनमा गडबडी हुुनेछ । साताको अन्त्यमा भने आफ्ना र छरछिमेकीबाट धनको मामलामा सहयोग मिल्नेछ । सानो यात्राको तय हुने एवम् नयाँ मित्रसँग पहिचान बढ्नेछ ।
वृश्चिक- कारोबारमा धन सम्पत्तिको फाइदा कम हुनेछ । यात्रामा सरसामान हराउने एवं चोरीको भय हुनेछ । शारीरिक थकान बढ्नेछ । हृदय सम्बन्धी रोग एवम पेटको समस्याले सताउनेछ । घरका ज्येष्ठ सदस्यमा स्वास्थ्य बाधा आइपर्नेछ । काममा आलोचना मिल्नाले तनाव बढ्न सक्नेछ । साताको मध्यमा भने धार्मिक रुचि बढ्ने एवम ठुलाबडाको सहयोग मिल्नेछ । आफन्त जनसँग भेटघाट एवम मिठो भोजनको सुख मिल्नेछ । नयाँ काममा योजना एवम् धनसम्पतिको कारोबारमा सामान्य सन्तुष्टि मिल्नेछ ।
धनु- पशु चौपाय , कृषि बाट राम्रो आम्दामी मिल्नेछ । माइति मावलीबाट धन को सहयोग मिल्नेछ । महिला वर्गबाट सरकारी काममा फाइदा मिल्नेछ । नयाँ कामको योजना प्रारम्भ हुनेछ । साथी भाइको सहयोगमा व्यापार व्यवसायमा लाभ मिल्नेछ । धन सम्पतिको जोहो हुने तर विद्यामा भने कमजोर योग रहेको छ । साताको मध्यमा भने अनावश्यक खर्च बढ्ने एवम सर सामान नोक्सानी हुन सक्नेछ । काममा व्यवधान आउनाले लागत बढ्नेछ । साताको अन्त्यमा भने भ्रमणको योग बन्ने, पारिवारिक भेटघाट रहने एवम् अधुरा काम शुरु हुने देखिन्छ ।
मकर- सरकारीकामबाट सन्तुष्टि मिल्नेछ । जिम्मेवारीमा प्रशंसा मिल्ने एवं नया काममा भार थपिनेछ । सामाजिक सम्मानमा वृद्धि हुने तथा राजनीतिक क्षेत्रबाट अवसरको बाटो देखिने एवम् सामाजिक काममा पहिचान मिल्नेछ । साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम सोचेको कुरामा फल प्राप्ति हुनेछ ।नया सवारी साधनको सुखभोग बढ्ने एवं विलासितामा धन जानेछ । साताको अन्त्यमा भने व्यर्थ परिश्रम हुने एवम् अरुको लागि समय खर्च हुनेछ । स्वास्थ्यमा तलमाथि हुनाले अचानक धनको खर्च बढ्नेछ ।
कुम्भ- पुरानो काम सुचारु हुनेछ । भाग्यले राम्रै साथ दिनेछ । विदेशवाट धन एवं व्यवसायमा सहयोग मिल्नेछ शुरु गरेको काममा प्रतिफल राम्रो आउनाले प्रशंसा मिल्नेछ । साताको मध्यमा भने सरकारी क्षेत्रमा पहुँच बढ्ने एवम ठूलाबडाको साथ राम्रै मिल्नेछ । शारीरिक चोटपटकको भय एवम् परिवारमा खटपट हुन सक्नेछ । साताको अन्त्यमा भने व्यवसायमा सफलता, काममा प्रगति एवम साथीभाइको सहयोगले पुरानो काम बन्नेछ । जग्गा जमिन एवं पैत्रिक धन सम्पत्तिको सुखभोग बढ्ने ।
मीन- बिना कारण दुष्मनी बढ्नेछ । मित्रतामा दरार आउने एवं सम्झौतामा धोका मिल्नेछ । लेनदेनमा झमेला आउनेछ । स्वास्थ्यमा तलमाथी हुनेछ । काममा अपजस मिल्नाले अशान्तिको भय रहनेछ । साताको मध्यमा भने वैदेशिक यात्रामा सफलता, धार्मिक यात्रा हुने एवम सामाजिक क्षेत्रमा योगदान रहनेछ । परोपकार र सामुहिक काममा समय व्यतित हुनेछ । यात्रामा सामान्य चोटपटक एवम अनावश्यक खर्च आइपर्ने देखिन्छ । साताको अन्त्यमा भने रोजगारको बाटो खुल्ने एवम प्रशन्नता बढ्नेछ ।नोकरी रोजगारीको बाटो देखिनेछ । जिम्मेवारीमा एवं पदीय काममा प्रशंसा मिल्ने एवं पद वृद्धि मिल्न सक्नेछ ।
प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी