Logo कार्तिक ११, २०७७ मंगलबार


घरमा भ्वाङ पर्दा परिवारकाे बिचल्ली

काठमाडाैं । अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षति समेत गरेको छ ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका २२ पिपलडाली र १७ झुरी चौतारामा घर भ्वाङ पर्दा पाँच घर परिवार विचल्लीमा परेका छन् । मानवीय क्षति नभएपनि परिवार घरबार बिहीन भएका छन् । सोमबार दिउँसो घरमै बसिरहेका बेला घरको दक्षिण तर्फको भागमा एक्कासि ठूलो भ्वाङ परेको स्थानीयले बताएका छन् ।

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो । घर क्षति भएपनि ज्यान जोगाउन सकिएको उहाँको भनाइ छ । स्थानीय वडाले अहिले त्रिपाल, कम्बल र केही चामल सहयोग गरेको उहाँले बताउनुभयो ।

पोखरा २२ का वडा सदस्य मात्रिका बरालले समस्यामा परेका स्थानीयहरुको सहयोगका लागि महानगरपालिकासँग समन्वय भइरहेको बताउनुभयो । वडाबाट तत्काल अस्थायी रुपमा सेल्टर निर्माण गर्ने निर्णय गरिएको र थप सहयोगका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

प्राकृतिक बिपत्तिले वर्षेनी हुने क्षतिले त्यहाँका स्थानीय त्रासमा बस्न बाध्य छन् । घर, सडक, पुल, नहर लगायतका स्थानहरु बढी भासिने गरेकोले त्यो समस्या समाधानका लागि आवश्यक योजना बनाएर अगाडी बढ्ने पोखरा महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।