Logo कार्तिक ११, २०७७ मंगलबार


कानुन अनुसार कुलमानलाई पुनर्नियुक्ति गर्न मिल्दैन : ज्ञवाली

काठमाडौं । कुलमानप्रति सरकार सकारात्मक भएपनि पुनर्नियुक्ति गर्न नमिल्ने भएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कानुन अनुसार उहाँलाई पुनर्नियुक्ति गर्न नमिल्ने बताउनुभएको हो ।

प्रेस संगठनद्वारा बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका ज्ञवालीले भन्नुभयो, ‘विद्युत प्राधिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आवश्यक छैन ।’ मुलुकको हित र कार्यक्षमताको आधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने बताउँदै ज्ञवालीले भन्नुभयो, ‘कुलमानजी प्रति सरकार सकारात्मक र सन्तुष्ट छ तर पुनर्नियुक्ति गर्न कानुनले दिंदैन ।’

कुलमान घिसिङलाई नै नियुक्ति गर्नै परे पनि नयाँ कानुनअनुसार गरिने तर यसबारे सरकारले छलफल गरिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।