Logo कार्तिक १३, २०७७ बिहीबार


बाजुराकाे स्याउ हेलिकप्टरमार्फत् नेपालगञ्जमा

बाजुरा । जिल्लामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्तरगत यस वर्ष पहिलो चरणमा हवाईजहाज मार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी पुर्याइएको छ । यससँगै बुधबार देखि नै धनगढीको बजारमा बाजुराको स्याउ पाउन थालेको छ ।

हेर्दा राम्रो नदेखिएपनि बाजुराको स्याउ खादा भने स्वादिलो छ । सोही स्याउ अहिले सुदूरपश्चिम प्रदेशको धनगढी बजारमा पाउन थालेको छ । स्वदेशमै उत्पादन भएको स्याउलाई प्रवर्द्धन गर्ने उद्देश्यले बाजुराबाट २० क्विन्टल स्याउ धनगढी बजारमा बिक्री गर्न ल्याइएको ‘स्याउ कृषक समन्वय समिति’ले जनाएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिकाको समन्वयमा बाजुराको स्याउ कोल्टीबाट धनगढी सम्म हवाई जहाज मार्फत ल्याइएको छ । सोही स्याउ प्रतिकेजी १ सय १० रुपैयाँमा धनगढी बजारमा खरिद गर्न पाइन्छ । समितिका अध्यक्ष मानबहादुर रोकायाले बाजुरामा ४० रुपैयाँमा खरिद गरेको स्याउ धनगढी सम्म आइपुग्दा प्रतिकेजी १ सय १० रुपैयाँ पुगेको बताउनुभयो । विभिन्न ठाउँमा भरिया, ट्याक्टर, जहाजबाट ढुवानी गर्नुपर्दा लागत बढेको उहाँको भनाई छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सुदूरपश्चिमलाई फलफूलमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको बताउनुभयो । बाजुरामा उत्पादित स्याउ भण्डारणका लागी प्रदेश सरकारले कोल्ड स्टोर निर्माण गर्ने योजना बनाएको पनि मन्त्री शाहले बताउनुभयो ।

मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत यस वर्ष पहिलो चरणमा बुधवार २० क्विन्टल स्याउ हवाई जहाज मार्फत नेपालगन्ज हुँदै धनगढी पुर्याइएको हो । ‘जसले एक पटक खायो, उसले स्वाद थाहा पायो’ भन्ने नाराका साथ बाजुराका विभिन्न गाउँमा फलेको स्याउ अहिले धनगढी बजारमा बिक्री भइरहेको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका पाँच वटै वडामा व्यवसायिक स्याउ खेती हुँदै आएको छ । गत वर्ष पनि बाजुराको स्याउ बिक्रीका लागि धनगढी काठमाडौं लागयतका ठाउँमा पुर्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।