Logo कार्तिक १४, २०७७ शुक्रबार


ड्यूटीका प्रहरीमाथि ढुङगा प्रहार गर्ने पक्राउ 

कविता खड्का ।
भोजपुर। ड्यूटीमा रहेका प्रहरी हवल्दारमाथि ढुङ्गा प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । भोजपुरको पौवादुङमा–५ स्थित अँधेरीघाटमा ड्यूटीमा खटिएका प्रहरी हवल्दार कुमार कट्वाललाई ढुङ्गा प्रहार गरेको आरोपमा २६ वर्षीय संगीन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

घाइते प्रहरी हवल्दारको बिराट मेडिकल कलेज बिराटनगर मोरङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ढुङ्गा प्रहारबाट घाइते हवल्दारको टाउकोमा ६ टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयाे ।

मादक पदार्थ सेवन गरी धरानबाट स्कुटर लिई आउँदै गरेका राईले रातको समयमा नाकाबाट प्रवेश गर्ने विषयलाई लिएर प्रहरी हवल्दारलाई ढुङगा प्रहार गरेको प्रहरीकाे भनाइ छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।