Logo फाल्गुन २४, २०७७ सोमबार


भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बाेल्दिन : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चुनौतिपूर्ण रहेपनि भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताउनुभएको छ । संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक शर्त सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै यस्तो बताउनुभएको हो ।

भ्रष्टाचार विरुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘‘अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु– ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दामुखमा पानी हालेर बोल्दिनँ ।’ भ्रष्टाचार बिरुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरुले यस अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक वर्षमा ७९२ केसहरुमा मुद्दा चलाएको छ । राजश्व अनुसन्धान विभागले १ हजार २७ जनाबिरुद्ध ३१ अर्ब ५ करोड भन्दा बढीको बिगो दाबीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा मुद्दा चलाएको छ ।’’

प्रधानमन्त्री ओलीले विकास र उन्नतिको बाटोमा एकतावद्ध भएर अगाडि बढ्न संकीर्णता र पूर्वाग्रह त्याग्न जरुरी रहेको बताउनुभयो । ओलीले कोरोनाका कारण कतिपय बाचा गरिएका कामहरु सम्पन्न हुन नसकेको बताउनुभयो । कोरोना नभएको भए ‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची आयोजना, रानीपोखरीको पुनर्निर्माण, धरहरा निर्माण र निजी आवास पुनर्निर्माणको काम सम्पन्न भइसक्ने अवस्थामा पुग्ने’ थिए ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना संकटका बेला पनि मूल्य वृद्धि नियन्त्रणमा नै रहेको बताउनुभयो । बन्दाबन्दी र निषेध आदेशको अवस्थामा पनि जनताका दैनिक आवश्यकताका वस्तुहरुको आपूर्ति निरन्तर भइरहेको उल्लेख गर्दै उहाँले इन्धन, खाद्यवस्तु, तरकारी, फलफूल, औषधी लगायतका अत्यावश्यक उपभोगका वस्तुहरुको आपूर्तिमा कमी नदिइएको बताउनभुयो ।

वैदेशिक व्यापार घाटा सुधारोन्मुख रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बैकिङ्ग क्षेत्रमा रहेको पर्याप्त तरलताको कारण ब्याजदर कम हुँदै अर्थतन्त्र चलायमान रहन सहज भएकोे बताउनुभयो । लकडाउनको अवधिमा पनि विकास निर्माणलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । लकडाउन अवधिमा १७८ किमी सडक कालोपत्रे भएको, ८९ मोटरेवल पुल निर्माण भएको र भूकम्पबाट भत्किएका ५३ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण भएको उहाँले बताउनुभयो ।

कोरोना महामारीलाई अवशरमा रुपमा लिँदै सरकारले उल्लेखनीय काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठ लाग्दो होइन, उत्साहजनक देखिन्छन् । कोभिड–१९ को संक्रमण नेपालमा देखिनु पूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक छ । पहिलो केस पहिचान हुँदा पीसीआर परीक्षण देश भित्रको प्रयोगशालामा संभव नभएकाले त्यसको नमूना विदेश पठाउनु परेको थियो । हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा छन् । परीक्षणको दैनिक क्षमता २३ हजार पाँच सयभन्दा माथि छ । शुरुको समयमा प्रतिपरीक्षण लागत  ८ हजार ५ सय थियो । हाल निजी र सरकारी दुबै प्रकृतिका प्रयोगशालाहरुमा २ हजार रुपैंयामा परीक्षण हुन थालेको छ । सिङ्गो जनसंख्याको कम्तिमा २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने हाम्रो अनुमानित प्रतिबद्धता पूरा भएको छ र त्यो अहिले कम हुने देखिएको छ । प्रति दश लाखमा पीसीआर परीक्षण ३० हजार नाघेको छ ।’’

उहाँले अहिलेको अवस्थामा १ हजार ५ सय ५१ बाट आइसियू बेडको क्षमता २ हजार ६ सय पुर्याइएको र ७ सय ७० भेन्टिलेटरबाट अहिले ९ सय  पुर्याइएको बताउनभुयो । कोरोना नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत एक सय जना जना पोष्ट ग्रेजुयट चिकित्सक परिचालन गर्ने तयारी पूरा भएको उल्लेख गर्दै ओलीले २५ हब अस्पताल र २० शिक्षण अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सकिने टीमहरु तयारी अवस्थामा राखिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पितृसत्ताको जाँतोमा लामो समयसम्म महिलाहरु थिचिएकै कारण उनीहरुलाई बाहिर आउन निकै लामो सघर्ष गर्नुपरेको यथार्थ हामी सामू छदैछ ।

काठमाडौं । नक्सालमा भीषण आगलागी भएको छ । नारायण चौर नजिक रहेको फुट ट्र रेष्टुरेन्टमा आगलागी भएको हो। आगलागी नियन्त्रणका…

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरे फैसलापछि सो समूहले आकस्मिक स्थायी समिति बैठक बोलाएको…

उपराष्ट्रपति पुनले राज्यको हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस उपलब्धी प्रति गर्व गर्दै बाँकी उपलब्धीहरुका लागि सचेत रहन…

नेकपा स्रोतका अनुसार आज अपरान्ह तीन बजे पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठकबाट पुनरावलोकनमा जानेबारे औपचारिक निर्णय गर्नेछ।

हिउँदमा पनि नदीमा पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बाँध निर्माण भइरहे पनि पूरा हुन सकेको छैन ।