Logo कार्तिक ९, २०७७ आइतबार


जनताकर्मी यादव सम्मानित

काठमाडाैं । संविधानदिवसको अवसरमा सिरहा जिल्लामा कार्यक्षेत्र बनाई संक्रमणको उच्च जोखिममा रही काम गर्ने विभिन्न क्षेत्रका २ सय २४ जनासँगै जनतासमाचार डट्कम तथा जनता टेलिभिजनका सिरहा संवाददाता रामभरोसी यादव पनि सम्मानित हुनुभएकाे छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिरहाले याे सम्मान गरेकाे हाे ।

कोभिड संक्रमणको बेलामा समेत आफ्ना मिडियामार्फत् कोरोना जोखिम न्यूनीकरण गर्न सहयोग गरेको भन्दै सो कदर पत्रका साथ सम्मान गरेकाे जिल्ला प्रशासन कार्यालयले जानकारी दिएकाे छ  । सिरहा जिल्लामा कोभिड १९ संक्रमण जोखिम न्यूनीकरण गर्न संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति सिरहाबाट २०७७ असोज १ गते भएको निर्णय बमोजिम सात जना सञ्चारकर्मीसहित २ सय २४ जनालाई प्रशंसापत्रसहित सम्मान गरिएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय सिरहाको सभाहलमा आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुर, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँल, प्रहरी उपरीक्षक, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।