Logo कार्तिक १०, २०७७ सोमबार


मनहरी रजैयामा सवारी दुर्घटना, इन्जिनियरको मृत्यु

पुष्पराज अधिकारी
मकवानपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका-९ काे रजैयामा शनिबार मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरमा कार्यरत सब इन्जिनियर दिपेन्द्र अधिकारीको मृत्यु भएको हो ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकल र चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनी बस एकआपसमा ठोक्किएकाे थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नम्बर ७ का २९ वर्षीय अधिकारीको मृत्यु भएको हो । उनको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

मिनी बस र बसका चालक भने प्रहरीको नियन्त्रणमा रहेको उहाँले भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।