संविधान दिवसलाई जसपाले कालो दिवसको रुपमा मनायाे

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ । पश्चिम नवलपरासीको परासी सदरमुकाममा पार्टीले कालो दिवस तथा विरोध प्रदर्शन गरेको हो ।
जसपा नेपालले संविधान संसोधन, सरकारको विरोध र निलम्बित सांसद रेशम चौधरीको रिहाईको माग गर्दै विरोध प्रदर्शन गरेको छ । मधेशी, आदिवासी, जनजाती, दलित र थारु लगायतको अधिकार सुनिश्चित गर्नको लागि संविधान संसोधन गर्न विरोध गरेको जसपा नेपालले जनाएको छ ।
परासीको हाटबजारदेखि निकालिएको विरोध प्रदर्शन रयाली सदरमुकामको मुख्य चोक बुद्धचोकमा गएर प्रहरी कै घेरामा कोणसभा पनि सम्पन्न गरेको छ ।