Logo कार्तिक १२, २०७७ बुधबार


नेपाल क्रिकेट संघकाे कार्यसमिति बैठक असाेज ६ गते

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले असोज ६ गते कार्यसमितिको बैठक गर्ने भएको छ । क्यान प्रवक्ता अशोक नाथ प्याकुरेलका अनुसार कोरोना भाइरसको महामारीकाबीच जनजीवन सामान्य बन्दैआएपछि क्यानले असोजको पहिलो साता कार्यसमितिको बैठक बोलाएको हो ।

क्यानको बैठक उपत्यका बाहिर हुने प्याकुरेलले जनाए । यसअघि भर्चुअल माध्ययमबाटै भएपनि कार्यसमितिको बैठक गर्ने योजनामा रहेको क्यान अवस्था सामान्य बन्दै आएपछि भने काठमाडौं बाहिर बैठक गर्ने तयारीमा जुटेको हो । यसबारे क्याले आफ्ना जिल्ला–जिल्लाका पदाधिकारीहरुलाई पनि जानकारी गराईसकेको र बैठकको लागी असोज ६ गतेको मितिनै निश्चित भएको प्याकुरेलले बताउनुययाे ।

अहिलेसम्म आईसीसीसँग विकासका लागी भएको प्रस्ताव र आर्थिक तथा प्रशासनीक नियमावलीलाई परिमार्जन गर्ने लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ । क्यानले नयाँ कार्यसमिति आएपछि साधारणसभा गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।