Logo फाल्गुन २१, २०७७ शुक्रबार


संघीयताकाे औचित्य पुष्टि भइसक्याे : ज्ञवाली

काठमाडाैं । सरकारले स्रोत साधनमा केही समस्या भएपनि कानूनी, प्रशासनिक र वित्तीय पाटोबाट संघीयता स्थापित भइसकेको बताएको छ । कोभिडको संकटका बेला संघीयताको औचित्य पुष्टि भइसकेको सरकारी दाबी छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्रोत साधानले केही समस्या भएपनि कानूनी, प्रशासनिक र वित्तीय पाटोबाट संघीयता व्यवस्थित ढंगले स्थापित भइसकेको बताउनुभएको छ । पाँचौ संविधान दिवसका अवसरमा नेपाल कानून समाजले आयोजना गरको ‘भर्चुअल छलफल’मा मन्त्री ज्ञवालीले कर्मचारी अभाव र स्रोत साधान नपुग्ने समस्या भएपनि वित्तीय, प्रशासनिक र कानूनी हिसाबले संघीयता स्थापना भइसकेको बताउनुभएको हो । प्रशासनिक संयन्त्र केन्द्रिकृत प्रशासनको ढाँचाबाट आएकाले स्थानीय तहमा केही समस्या भएपनि अहिले कोरोना संकटका बेला संघीयताको औचित्य पुष्टि भएको ज्ञवालीको भनाइ छ ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान लेख्नु आफैमा उपलब्धी भएपनि त्यसमा लेखिएको कुराहरुको कार्यान्वयन महत्वपूर्ण पाटो भएको बताउनुभयो ।

लोकसेवा आयोग, निजामति सेवा ऐन, नागरिकता ऐन समयमै नआउँदा समस्या भएको बताउँदै नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले संसदले आफ्नो प्राथमिकतामा राखेर यी ऐनहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक दलहरुले संवैधानिक आयोगमा गर्ने नियुक्तिले जनतामा चरम निराशा छाएको संविधानविद्हरुको भनाइ छ ।

प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान–२०७२ जारी भएको थियो । संविधान जारी भएको दिन अर्थात् असोज ३ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ध्यानाकर्षण पत्रमा पार्टीको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’

फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको हो।

उहाँले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रवार) बसेको संसदीय दलको बैठकले उहाँलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।