Logo कार्तिक १२, २०७७ बुधबार


आलोपालो प्रणाली खारेज गर्दै सरकारले सबै कर्मचारीलाई कार्यालयमा बोलायो

काठमाडौं । कारोना भाइरस कोभिड–१९ को महामारीकोबीच नै सरकारले सबै कर्मचारीलाई कार्यालय बोलाएको छ। कोभिड–१९ को महामारीसँगै अपनाएको आलोपालो प्रणालीलाई खारेज गर्दै नियमित रुपमा कार्यालयबाटै सेवा प्रवाह गर्ने निर्णयमा सरकार पुगेको हो।सरकारले सबै कार्यालय, निकाय एवं संघसंस्थाले नियमित रुपमा कार्यालय सञ्चालन गरी सेवा प्रवाहको निर्देशन दिएको छ। सरकारले कार्यालय सञ्चालन गर्दा स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने; गराउने निर्देशन गरेको छ ।

सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालय सञ्चालन गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अब कर्मचारीको घरमा बस्ने दिन सकिएको बताए। आलोपालो प्रणाली अपनाउँदा कर्मचारीले बहानाबाजी गरेर कार्यालय नआउने गरेको समेत पाइएको मन्त्रालयले जनाएको छ। सरकारले पहिलो लकडाउनको ४ महिनाको अवधिलाई सार्वजनिक बिदामा रुपान्तरण गरेको भएपनि पछिल्लो निषेधाज्ञा र लकडाउनमा आधाले कार्यालयबाट र आधाले घरबाटै काम गर्ने व्यवस्था मिलाएको थियो। तर त्यो व्यवस्था राम्रोसँग कार्यान्वयन आउन सकेको थिएन।

कोराना महामारीसँग सरकारले अख्तियारको ‘वर्क फ्रम होम’ अवधारणा अपनाए पनि कर्मचारी घरबाट काम नगरेको सरकारको विश्लेषण छ। ‘घरबाट गरिएको काममा प्रभावकारी देखिएन,’ सह–सचिव अधिकारीले भने, ‘घरबाट भन्दा अफिसबाटै काम गर्न सजिलो हुन्छ।’

प्रवक्ता अधिकारीले साह्रै अफ्ठ्यारो भएमा कार्यालय प्रमुखको तजबिजीमा घरबाट काम गर्ने व्यवस्था पूर्णरुपमा हटाउन नसकिएको जानकारी दिए। ‘स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गर्दा अफ्ठ्यारो हुने भयो भने कार्यालय प्रमुखले घरबाटै काम गर्ने व्यवस्था पनि गर्न सक्छन्,’ उनले भने, ‘घरबाट होस वा कार्यालयबाट सेवाप्रवाह सुचारु हुनुपर्छ ।’ देशभर करिब ८९ हजार निजामती कर्मचारी कार्यरत रहेका छन् । अन्नपुर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।